Saturday, May 9सत्यम खबर
Shadow

कोरी कल्याण समाजको साधारणसभा सम्पन्न

नेपालगन्ज, १७ अषाढ – कोरी कल्याण समाज बाँकेले प्रथम वार्षिक साधारणसभा आज शनिवार नेपालगन्जमा सम्पन्न गरेको छ । कोरी कल्याण समाज जिल्ला कार्य समिति बाँकेका अध्यक्ष रामशंकर माधवदासको अध्यक्षतमा भारत उत्तर प्रदेश लखनऊका कोरी कल्याण समाजका अध्यक्ष बृजेशकुमार कौलिकको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
कोरी कल्याण समाज जिल्ला कार्य समिति बाँकेका उपाध्यक्ष जंगलीप्रसाद कोरी (जे.पी.) द्वारा सञ्चालित कार्यक्रममा प्रमुख अतिथि बृजेशकुमार कौलिक, बिशिष्ठ अतिथि लुम्बिनी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल यादवले प्रथम वार्षिक साधारण सभाको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । उक्त साधारण सभामा समाजका सचिव मिश्रीलाल कोरीले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष रामबेलास कोरीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
यसै गरी सो कार्यक्रममा प्रमुख अतिथि, विशिष्ठ अतिथि र समाजका अध्यक्षले २० जना स्वजातीय बन्धुहरुलाई आजीवन सदस्यता प्रमाण–पत्र र ५० जना स्वजातीय बन्धुहरुलाई साधारण सदस्यता प्रमाण–पत्र प्रदान गरिएको थियो । सो कार्यक्रममा जिल्ला समन्वय समितिको सभा हलमा सञ्चालित कार्यक्रममा बाँके जिल्लाको विभिन्न गाउँमा रहेका कोरी कल्याण समाजका स्वजातीय बन्धुहरुको भेलाले नयाँ कार्य समितिको चयन गरेको छ ।
समाजको अध्यक्षमा पुनः रामशंकर माधवदासको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समितिको सर्वसम्मतले चयन गरेको छ । समाजको उपाध्यक्ष पदमा जंगली प्रसाद कोरी (जे.पी.), सचिवमा मिश्रीलाल कोरी, कोषाध्यक्षमा राम बेलास कोरी, सह(सचिवमा मनोज कोरीलाई सर्वसम्मतले चयन गरेको छ ।
यसरी समाजको सदस्यहरुमा भल्लु कोरी, रामनारायण कोरी, रामबिलास कोरी, रामसेवक कोरी, सल्यानी कोरी, कृष्णगोपाल कोरीलाई सर्वसम्मतले चयन गरिएको छ । सो कार्यक्रममा २ सय ७५ जना कोरी कल्याण समाजका स्वजातीय बन्धुहरुको सहभगिता रहेको समाजका उपाध्यक्ष जंगलीप्रसाद कोरी (जे.पी.) ले जानकारी गराउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *