Tuesday, October 22सत्यम खबर
Shadow

डुडुवाको १४औं गाउँसभाको तयारी तिब्र

डुडुवा, ७ अषाढ – संघ र प्रदेश सरकारले नयाँ आर्थिक वर्षको बजेट ल्याइ सकेपछि अब स्थानीय सरकारले नयाँ बजेटको तयारीमा जुटेका छन् । बाँके डुडुवा गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०८०÷०८१ को निती तथा कार्यक्रम र बजेटको तयारी तिब्र रुपमा गरिरहेको छ ।
अषाढ ८ गते शुक्रबार बस्ने डुडुवाको १४ औं गाउँसभाले निति तथा कार्यक्रम र बजेट ल्याउने प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद गुरुङ्गले बताउनु भयो । उहाँका अनुसार बस्ती स्तरबाट योजना छनौट, राजश्व परामर्श समिति, राजश्व बजेट सिमा निर्धारण समिति र विषयगत समितिहरुको बैठकबाट योजनाहरु छान्ने कार्य भइरहेको छ ।
स्वास्थ्य र पशु क्षेत्रमा उत्कृष्ट कार्य गरेको डुडुवाले आगामी वर्षदेखि शिक्षालाई पहिलो प्राथमिकतामा राखेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनु भयो । अध्यक्ष चौधरीका अनुसार शिक्षाको अवस्था साह्रै कमजोर भएकाले पालिकाले विशेष रणनिति तयार गरि शिक्षामा सुधार ल्याई प्रभावकारी बनाइने मुख्य निति लिइएको छ । शिक्षा, स्वास्थ्य, कृषि, पशु, विपत, बन तथा बातावरण, विकास निर्माण लगायतका विषयलाई पनि प्राथमिकीकरण गरि यस वर्ष केही महत्वपूर्ण योजना ल्याउने अध्यक्ष चौधरीले बताउनु भयो ।
स्थानीय तहमा योजना छनौटका चरण अन्तर्गत अहिले वडास्तरिय योजनाहरु छनौट भई सकेर आउने क्रम जारी छ, भने ति योजना आइसकेपछि विषयगत समितिको बैठकबाट योजना पास गाउँपालिका उपाध्यक्ष शाहिदा बानोले बताउनु भयो । उहाँका अनुसार विषयगत समितिबाट पास भएका योजना तथा कार्यक्रम बजेट तर्जुमा समितिले पास गरि कार्यपालिकाको बैठकमा पेश गरिनेछ । कार्यपालिकाको बैठकपछि गाउँसभामा निति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *