Sunday, April 26सत्यम खबर
Shadow

नवलपरासीमा बाढीले डाईभर्सन बगाउँदा राजमार्ग अवरुद्ध

संजय कुशवाहा
नवलपरासी ११ जेठ – पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा न. १ पुर्व पश्चिम राजमार्ग स्थित साेमनाथ  निर्माणाधीन अवस्थामा रहेकाे साेमनाथ खाेलाकाे पुल नजिककाे डाईभर्सन बिहीबार दिउँसाे बाढीले बगाउँदा राजमार्ग अवरुद्ध भएकाे छ  ।
बिहीबार विहान ११ बजेकाे समयमा परेको अविरल वर्षाको कारणले खोलामा दिउँसो २ बजेतिर पानीको बहाव बढी डाईभर्सन बगाई बाटो पुर्ण रुपमा अवरोध  हो  ।
उक्त स्थानमा ईलाका प्रहरी कार्यालयबाट प्रहरी वरिष्ठ नायव निरिक्षक बलबहादुर घर्ति मगरको कमाण्डमा ७ जना र जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी, भुमहीबाट ५ जनाको टोली खटि गै सवारी साधनहरु वैकल्पिक मार्गबाट पठाईएकाे  जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी भाेजराज पाण्डेले जानकारी दिनुभयाे  ।
बाटो मर्मतकाे लागी प्रयास भईरहेको र उक्त राजमार्गमा चल्ने सम्पुर्ण सवारी साधनहरुलाई सुनवलचोक देखि  परासीदेखि  भुमहीचोक हुँदै आवत जावतको ब्यवस्था मिलाईएको साथै पानी बहाव कम नभए सम्म राजमार्ग सञ्चालनमा आउन नसक्ने जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी पाण्डेले बताए  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *