Thursday, September 25सत्यम खबर
Shadow

नेपाल भारत सीमा खोल्न ज्ञापन पत्र

नरैनापुर, ११ असोज – नेपाल भारत सीमा तत्काल खोल्न राष्ट्रिय जनता पार्टी नरैनापुर बाँकेले नरैनापुर गाउँपालिकामार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई ज्ञापन–पत्र बुझाएको छ ।


ज्ञापन पत्रमा नेपाल भारत सीमा बन्द लकडाउन रहेको कारण जनजीवन अस्तव्यस्त भएको र सीमा बन्दका कारण सामाजिक, आर्थिक, सांस्कृतिक समस्या उत्पन्न हुनुका साथै तस्करी एवं कालोबजारी समेत मौलाएको उल्लेख गरिएको छ ।


कोभिड–१९ को महामारी रोकथामको लागि नेपाल भारत सीमा बन्द गरिए पनि कोरोनामा कमी आउन नसकेको, अन्तर्राष्ट्रिय, राष्ट्रिय हवाई मार्ग सञ्चालनमा रहेको र सार्वजनिक यातायात समेत सञ्चालन भएको हुँदा नेपाल सीमा बन्द गर्नुको कुनै औचित्य नभएको राष्ट्रिय जनता पार्टीद्वारा बुझाइएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।


ज्ञापन पत्रमा पूर्व र दक्षिण भारतीय सिमानासँग जोडिएको नरैनापुरका आम जनसामुदायले स–सानो व्यापार व्यवसाय समेत गर्न नपाएको र नेपालगन्ज सदरमुकामबाट घरायसी वा व्यापारिक प्रयोजनको लागि कुनै सामान ल्याएमा वा नरैनापुरबाट खाद्यान्न, खसी, बोका, भैंसी लगायत सामाग्री नेपालगन्ज लैजाँदा समेत प्रहरीले पक्राउ गरि जफत गर्ने गरेको उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *