Monday, May 4सत्यम खबर
Shadow

५ केजी अवैध सुनसहित २ पक्राउ

नेपालगन्ज ८ बैशाख – बाँके प्रहरीले बुधबार साँझ नेपालगन्जको न्यूरोड स्थित इन्द्रेणी होटेलबाट ४९२७.२१८ अर्थात् झण्डै ५ केजी अवैध सुन सहित २ जना ब्यक्तीलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
अबैध सुनका गर–गहना बनाएर स्थानीय बजार तथा काँचो सुन भारत तर्फ सप्लाई हुने गरेकोमा प्रहरीले बिशेष सूचनाको आधारमा बुधवार नेपालगन्ज –४ न्यूरोड स्थित न्यू इन्द्रेणी होटेलमा बास बसेका बिराटगरका २ जना सुन तस्करलाई अबैध सुन सहित पक्राउ गरेको जनाएको छ ।
पछिल्लोपटक नेपाल सरकारले १००% सुदता भएको सुनको गहना वनाएर मात्र बेच्न र जर्तिको प्रयोग गर्न नपाई नियम बमोजिम १००% शुदता रहने बिभिन्न गहनाको सोरुपमा रहेको उक्त सुन बरामद भएको हो । करिब ५ किलो उक्त सुनबाट सिक्री, वाला, माला , चुरी, ब्रासलेट, मुद्रि, झुम्का, हार र औँठी बनाइएको छ ।
अबैध गहनाको सोरुपमा गैरकानुनी सुन सहित पक्राउ पर्नेहरुमा मोरंग जिल्लाको बिराटनगर महानगरपालिका वडा नम्बर ९ का ४२ बर्षिय रमेश सोनी र ३६ बर्षिय प्रकाश ठाकुर रहेकोको प्रहरीले जनाएको छ ।
पक्राउ परेको अबैध सुन र ब्यक्तिहरुको जालो सम्बन्धमा आवश्यक अनुसन्धानका लागि बाँके प्रहरीले पक्राउ परेका ब्यक्तिलाई हिरासतमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।
पक्राउ परेको सामान र ब्यक्तिको आवश्यक प्रारम्भीक अनुसन्धान सहित कोहलपुर स्थित राजश्व अनुसन्धान कार्यालयमा कार्वाहीको लागि बाँके प्रहरीले पठाउने तयारी गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *