Wednesday, May 27सत्यम खबर
Shadow

कोरोना संक्रमित थप एक पुरुषको मृत्यु, बाँकेमा मृतक संख्या १३

नेपालगन्ज, ११ असोज – कोरोना भाइरस संक्रमित बाँकेमा थप एकजनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ९ बाँके गाउँका ४७ बर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा आईतबार बिहान ५ः०० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेशबाबु श्रेष्ठले जानकारी गराउनुभयो ।


स्वास्थ्यमा समस्या देखिएपछि ती पुरुषलाई भाद्र ३१ गते अस्पताल भर्ना गरिएको थियो । भाद्र २९ गते गरिएको स्वाग परिक्षण गरिएको थियो भने भाद्र ३१ गते उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई प्लाज्मा थेरेपी र रेमडिसिभिर औषधि समेत दिइएको थियो ।
उनको दुवैतिरको फोक्सोमा निमोनिया र मधुमेह भएको उपचारमा संलग्न चिकित्सकहरुले बताए । मृतक नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल नेपालगन्जको प्रशासनीक स्टाफ समेत रहेको बताइएको छ ।
योसँगै बाँकेमा कोरोना भाइरस संक्रमण पुष्टि भएको ज्यान गुमाउनेको संख्या ४ महिलासहित १३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *