Thursday, May 7सत्यम खबर
Shadow

वसन्तको लेखनमा ‘आउँछु भेट्न’ सार्वजनिक [भिडियोसहित]

काठमाण्डौ, ६ बैशाख – वसन्त न्यौपानेको शब्द रहेको ‘आउँछु भेट्न’ बोलको गीत सार्वजनिक भएको छ।

प्रेमिल भाव समेटिएको उक्त गीत आइतबार ‘त्रिमुर्ती इन्टरटेनमेन्ट’को युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।

न्यौपानेको शब्द रहेको गीतमा राधिका भण्डारीले आवाज दिएकी छिन्। त्यस्तै, उक्त गीतको संगीत तथा संगीत संयोजन राजेन्द्र बजगाईंले गरेका छन्। ‘म्युजिक किचन’ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतलाई मनोज परियारले मास्टरिङ गरेका हुन्।

गीतको भिडियोमा गायिका राधिका भण्डारीले नै अभिनय गरेकी छिन्। उत्तम अधिकारीको निर्देशन रहेको भिडियोलाई प्रवेश अधिकारीले खिचेका हुन भने यसको सम्पादन तथा रंग संयोजन राजेश कुमारले गरेका छन्। (स्रोः थाहा खबरबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *