Wednesday, May 27सत्यम खबर
Shadow

अपडेटः बाँकेमा आज ११ महिलासहित २३ जना घर फर्किदै

नेपालगन्ज, ११ असोज – जिल्लाका विभिन्न आईसोलेसनमा रहेका ११ महिलासहित २३ जना निको भई घर फर्किने भएका छन् ।
भाद्र २८ गते कोरोना संक्रमित देखिएका उनीहरु आज आईतबार डिस्चार्ज भई घर फर्किने भएको स्वास्थ्य कार्यालय, बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो ।


हालसम्म बाँके जिल्लामा १ हजार ८ सय ५ जना कोरोना संक्रमित देखिएकोमा उपचारपछि १ हजार ४ सय ३४ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने विभिन्न आईसोलेसनमा ३ सय ६६ जना रहेको फोकलपर्सन श्रेष्ठले बताउनुभयो ।
उहाँले बाँकेमा बिरामी निको हुने प्रतिशत ७९.४५ रहेको छ भने बिरामी मृत्यु दर ०.६६ प्रतिशत रहेको बताउँदै बाँकेमा रोग प्रकोप दर ०.३० प्रतिशत मात्र रहेको बताउनुभयो । यसअघि ४ महिलासहित १२ जनाको मृत्यु भईसकेको समेत बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *