Friday, May 1सत्यम खबर
Shadow

आश्रमको सहयोगार्थ बुलाकी´ च्यारिटी हुने

नेपालगन्ज, २९ चैत - नेपाली भाषाको चलचित्रबुलाकी´ भोलि बिहिवार नेपालगन्जमा च्यारिटी शो हुने भएको छ । निल सागर सेवा आश्रमको सहयोगार्थ लागि क्यु एफ एक्स´ बागेश्वरी हलमा बिहान ८:१५ बजे कलाकारका साथमा च्यारिटी शो हुने भएको छ । लक्ष्मण सुनारको निर्देशन गरेको फिल्म ‘बुलाकी´ अभिनेता नरेन खड्का र अभिनेत्री सुरुक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म ‘बुलाकी’ बैशाख १ गते देखि देशभर लाग्दै छ भने निल सागर सेवा आश्रमकाो सहयोगार्थका लागि १ दिन अगाडि नेपालगन्जमा लाग्ने भएको छ । चलचित्र शो गरि उठेको रकम आश्रमका लागि सहयोगार्थ हुने भएकोले चलचित्र प्रदर्शन गर्न लागेको आश्रमका उपाध्यक्ष नारायण सुवेदीले बताएका छन । उताबुलाकी´ फिल्मका मुख्य कलाकार सुरुक्षा पन्त, नरेन खण्डका र बिराज बिस्टको टिम भोलि बिहानै च्यारटी शो मा सँगै बसेर चलचित्र बुलाकी हेर्ने निलसागर सेवा आश्रमकी अध्यक्ष सरिता खनालले बताउनु भयो ।
सहयोगार्थ टिकटका लागि 9858023488

Leave a Reply

Your email address will not be published. Required fields are marked *