
कोहलपुर, २६ चैत – ईको नेपाल फाउण्डेशनको आयोजनामा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, नेपाल क्षेत्रीय कार्यालय नेपालगन्ज, वागेश्वरी अप्टीकल ने.गं., गौरव स्मृति तथा वियौर सेल्फ फाउण्डेशन, सदभाव फाउण्डेशन र नेशनल प्याथ ल्याबको सहकार्यमा संस्थामा आवध्द सदस्य एवं स्थानीय प्रेमनगर टोल वासीका लागि निःशुल्क आँखा चेकजाँच तथा औषधि वितरण कार्यक्रम गरेको छ ।
कार्यक्रममा ईको नेपाल फाउण्डेशनका संस्थापक अध्यक्ष करन साहुको अध्यक्षता, राजयोगिनी ब्रह्माकुमारी दुर्गा दिदीको प्रमुख आतिथ्यता, ब्रह्माकुमारी ईन्दिरा र सद्भाव फाउण्डेशनका अध्यक्ष अजय बर्नवाल विशिष्ट आतिथ्यता, ओ.ए. सिखा तिवारी, ओ.ए.नुर मोहम्मद अन्सारी, हेल्थ असिस्टेंट प्रतिक्षा, निर्मला र राजन शाह, स्टाफ राजन शाहु, सिखा तिवारी, हिमानी, समाजसेवी ब्र.कु. खेमकुमारी न्यौपाने लगायतको सहभागी भएको कार्यक्रमको सञ्चालन आयोजक संस्थाका सह-सचिव दिपीका देवकोटाले गर्नुभएको थियो ।
उक्त कार्यक्रमा संस्थामा आवद्ध सदस्य एवं स्थानीय टोल बासी महिला पुरुष सहित १२० जनाले निःशुल्क आँखाको चेकजाँच, तथा स्वास्थ्य चेकजाँच र औषधि वितरण गरेको कुरा संस्थाका अध्यक्ष करन साहुले जानकारी गराउनु भयो ।
