
नेपालगन्ज, २१ चैत - छत्रेश्वरी म्यानेजमेन्ट प्रालिद्वारा निर्मित नेपाली भाषाको चलचित्रबुलाकी´ नेपालगन्जमा च्यारिटी शो हुने भएको छ । निल सागर सेवा आश्रमको सहयोगार्थ लागि बाँकेको नेपालगन्ज न्युरोड स्थित `क्यु एफ एक्स´ बागेश्वरी हलमा दुई दिने अथवा चैत्र २९ र ३० गते बिहान ८ बजे च्यारिटी शो हुने भएको छ ।
लक्ष्मण सुनारको निर्देशन गरेको फिल्म ‘बुलाकी´ अभिनेता नरेन खड्का र अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म ‘बुलाकी’ बैशाख १ गतेदेखि देशभर लाग्दै छ भने निल सागर सेवा आश्रमकाो सहयोगार्थका लागि २ दिन अगाडि नेपालगन्जमा लाग्ने भएको छ । चलचित्र शो गरि उठेको रकम आश्रमका लागि सहयोगार्थ हुने भएकोले चलचित्र प्रदर्शन गर्न लागेको आश्रमका उपाध्यक्ष नारायण सुवेदीले बताएका छन ।
उता आश्रमकी अध्यक्ष सरिता खनालले आश्रमका लागि केही सहयोग हुन्छ कि भनेर च्यारिटी शो गर्न लागेको बताउनु भयो । मन्दी छ । सहयोग छैन सयौं आमावुवालाई पालनपोषण गर्नेपर्छ । हिजोआज सहयोग न्युुन छ। सबैलाई मन्दी लागेको छ तेहीपनि मानिसहरु मन्दी भएनि रमाइलो गर्न रुचाउँछन् तेसैले हामीले सिधै सहयोग माग्नु भन्दा च्यारिटी शो गरेर सहयोग मागोैं भनेर कार्यक्रम गर्न थालेका छोै हेरम के हुन्छ । उता निर्देशक, निर्माता र फिल्म हलको पनि ठूलो सहयोगमा च्यारिटी शो गर्न लागेको अध्यक्ष बताउनु हुन्छ ।
`बुलाकी´ फिल्ममा रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनबहादुर राई, लक्ष्मण देवकोटा, वसन्त उदास, सोनु सेढाईं, प्रकाश कँडेल र सरस्वती खत्रीको पनि अभिनय छ भने डोल्पा, जाजरकोट र रुकुम पश्चिमका रमणीय स्थानमा फिल्म खिचिएको हो ।
सहयोगार्थ टिकटका लागि 9858023488
