Friday, May 1सत्यम खबर
Shadow

वर्षा अगाडी नाला सफाईमा महानगरको चांसो

नेपालगन्ज, २१ चैत – भेरी प्राविधिक शिक्षालय भएर बग्ने नेपालगन्जको ठूलो नाला विभिन्न खाले फोहरको डंगुरले अस्तब्यस्त थियो । फोहर जाम भएर पानी नै बग्ने अवस्था थिएन । नालाको आधाभन्दा बढी भाग माटोले पुरिएर झाडी नै झाडीले भरिएको देखिन्थ्यो । माटोले पाटिएको र झाडीले झाङ्गिएको थियो । पानीको सहज निकासमा अवरोध थियो । तर, अहिले यो नालाको अन्तिम विन्दु (आउटलेट) बाट सरसफाई थालिएपछि आजभोलि ‘कलकल’ पानी बग्न थालेको छ । फागुन २६ गतेदेखिठूलो नालाको आउटलेटबाट सरसफाई थालिएको हो । बर्षेनी बर्खाको बेला डुबान हुने समस्याबाट मुक्ति पाउन नेपालगन्ज उपमहानगरपालिकाले नाला सफाईको कामलाई अहिले अभियान कै रुपमा अघि बढाएको छ । संघीय सरकारबाट आएको विज्ञ टोलीले गरेको स्थलगत अध्ययनपछि प्राप्त सुझावको आधारमा जेठ मसान्तसम्म नाला सफाई सक्ने गरी काम भइरहेको छ । यसअघि सामान्य रुपमा डुबानका बेला मात्र बजार क्षेत्रका नाली सफाई गर्ने गरिए पनि बर्षौंदेखि नालाहरु सफाई गरिएको थिएन ।
तीन वटा प्याकेजमा नाला सफाई गर्ने गरी काम सुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ । पहिलो चरणमा बजार क्षेत्र भएर बग्ने ठूलो नाला र दोन्द्रा नालाको अन्तिम विन्दु (आउटलेट) बाट सफाईको काम अगाडिबढेको छ । त्यसपछि नगरका भित्री नालाको सफाई गरिनेछ । ‘‘अन्तिम विन्दुबाट काम सुरु गरेपछि जहा“ जहा“ अबरोध छ, त्यसमा राम्रोसंग काम गर्न सकिन्छ भन्ने उद्देश्यले आउटलेटबाट काम सुरु गरेका छौं,’’ नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले भन्नुभयो, ‘‘बजार क्षेत्रभित्रको मुख्य नाला र दोन्द्रा नाला मिसिएर बनेको दोधारा नालाको अन्तिम विन्दुबाट फागुन २६ गतेदेखि काम सुरु गरेका छौं ।’’ जेसिबीले सफाई गर्न सक्ने ठाउ“मा जेसिबी र जेसिबीले गर्न नसक्ने ठाउ“मा मान्छे नै लगाएर सफाई गरिरहेको विष्टको भनाई छ । नाला सफाई कार्यको अवलोकनमा पुग्नुभएका नगर प्रमुख विष्टले नाला सफाईको काम सकिएपछि अब नेपालगञ्ज नडुब्ने विश्वास व्यक्त गर्नुभयो ।
‘‘नालाको आधा भन्दा बढी भाग माटोले पुरिएको अवस्था छ, कतिपय ठाउ“मा जेसिवी प्रयोग गर्न सकिने अवस्था छैन, त्यसैले मान्छे नै लगाएर सफाई गरिरहेका छौं,’’ नगर प्रमुख विष्टले भन्नुभयो, ‘‘सहरको करिब ८० प्रतिशत पानी बग्ने मुख्य नालाको सफाई मुख्य प्राथमिकतामा राखेका छौं, यहा“बाट (अन्तिम विन्दु) भेरी प्राविधिक शिक्षालयसम्म र बजार क्षेत्रमा कर्णाली विकास बैंक छेउ“सम्म राम्रोसंग सफा गर्न सकियो भने पानीको सहज निकास हुन्छ ।’’ विष्टले नेपालगञ्ज उपमहानगरपालिका भित्र डे«नेजको पर्याप्त नेटवर्क भएपनि सहज रुपमा पानीको निकास नहु“दा समस्या निम्तिने गरेको बताउनुभयो । विज्ञ टोलीले नेपालगन्ज जति पर्याप्त डेूनेज नेटवर्क अन्य सहरमा आफूहरुले नदेखेको बताएको विष्टले सुनाउनुभयो । पर्याप्त डेूनेज नेटवर्कको सदुपयोगका लागि आफूहरु सचेत रहेको उहा“को भनाई छ ।
‘‘विगतमा बजारको वरिपरि मात्रै सफाई गर्ने काम भयो, अब हामीले अन्तिम विन्दुबाट आमरुपमा सफाई थालेका छौं, दुई चरणमा काम गर्छौं, पहिलो चरणमा दुई ठूला नाला र दोस्रो चरणमा साना नाला सफाई गर्छौं, अहिले दुई ठूला नाला सफाई भइरहेको छ, यसपछि नगरका साना नाला सफा गर्छौं, यसलेअब नेपालगञ्जलाई डुबान हुनबाट जोगाउनेछ,” उहा“ले भन्नुभयो । १०÷१० लाखको तीन वटा प्याकेजमा नाला सफाईको काम भइरहेको छ । नगर प्रमुख विष्टले नालामा जथाभावी फोहर नफाल्न पनि नगरबासीलाई आग्रह गर्नुभएको छ । ‘‘सरसफाईमा नागरिक सहभागिता जरुरी छ, नेपालगञ्ज उपमहानगरपालिकाले एक्लै गरेर मात्र हु“दैन्’’ उहा“ले भन्नुभयो, ‘‘नागरिक सहभागिता जरुरी छ, नागरिकमा चेतना र जागरण आवश्यक छ, हामीले जनचेतना फैलाउने काम पनि गर्छौैं, पटक–पटक अटेर गरिए कारवाही पनि गर्छौं ।’’ नाला छेउ“मा घर भएकी नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० की सरुना कु“वरले आफूले यो नालालाई यस्तो अवस्थामा यसअघि नदेखेको बताउनुभयो । ‘‘यतिसफा पहिले देखेका थिएनौं, अहिले नाला सफाई भएपछि यसको मुहारै फेरिएको छ, कु“वरले भन्नुभयो, अब यता डुबान हु“दैन भन्ने लागेको छ ।’’ वडा नम्बर १० की अर्की स्थानीय कल्पनाले पनि नाला सफा भएको देखेर खुसी लागेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *