Friday, May 1सत्यम खबर
Shadow

नागरिक समाज राष्ट्रिय गौरवको विषय बन्नुपर्छ : सुवेदी

नेपालगन्ज, २० चैत – गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदीले नागरिक समाज राष्ट्रिय गौरवको विष बन्नुपर्ने बताएका छन् । बाँके जिल्ला स्तरिय दोश्रो नागरिक सम्मेलन तथा गैरसरकारी संस्था महासंघ नेपाल बाँके शाखाको ९औँ अधिबेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सुवेदीले सरकारले नागरिक समाजको भुमिकाको सम्मान गर्नुपर्ने बताए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सुवेदीले नेपालका हरेक राजनीतिक र सामाजिक आन्दोलनमा नागरिक समाजको भुमिका अग्रणी रहँदै आएको बताए । नेपालको सन्दर्भमा नागरिक समाज साझेदारी, खवरदारी र पहरेदारीको भुमिकामा रहेको भन्दै नागरिक समाजलाई दिनप्रतिदिन काम गर्न असहज हुँदै गएको बताए । सरकारले गरेका राम्रा काममा साझेदारी र गलतका बिरुद्ध खवरदारी गर्दै आएको बताउँदै सुवेदीले देशमा गैससमैत्री वातावरण नभएको आरोप लगाए । अति पुरानो गैर सरकारी संस्था ऐन, समाज कल्याण ऐन र राष्ट्रिय निर्देशन ऐन बमोजिम हाल सम्म गैससहरु नियमन भएको, ऐनहरु संसोधन गर्नेतर्फ सरकार अग्रसर नबनेको बताउदै अध्यक्ष सुबेदील भने “नागरिक समाज सञ्चालन सम्बन्धि एकिकृत कानुन बनाउन सरकारलाई माग गरेका छौँ ।” हरेक परिवर्तनमा नागरिक समाजको भुमिका महत्वपूर्ण भएता पनि परिवर्तन पश्चात बिभिन्न तहका सरकारले नागरिक समाजलाई उपेक्षा गर्दै आएको सुबेदीले बताए ।
बिभिन्न बाहनामा समाज कल्याण परिषदले समेत नागरिक समाजलाई दुख दिदै आएको सुवेदीको भनाइ थियो । आपतबिपदमा गैससहरुको जहिले आवश्यकता रहने तर अन्य कार्यमा गैससहरु उपेक्षित हुने, गैर नाफामुलक गैससहरुलाई नाफा कमाउने कम्पनि सरहको व्यवहार सरकारबाट हुँदै आएको छ, सुबेदीले भने, “सरकारको बेवास्ताको शिकार अव हामी कहिले सम्म हुने ? तसर्थ अव गैसस महासंघ देशव्यापी आन्दोलनमा जान्छ, जब सम्म गैससमैत्री बातावरण बन्दैन तब सम्म हामी आन्दोलन गर्छाैं ।”
नेपालको संबिधानमा मौलिक हकहरु लेख्ने कार्यमा नागरिक समाजको महत्वपुर्ण भुमिका रहेको बताउँदै सुवेदीले भने “मौलिक हक कार्यान्वयनका लागि उपयुक्त कानुन र सयंन्त्र बनाउने तर्फ नेपाल सरकारको ध्यान जानुपर्दछ ।” नेपाली समाजमा अझैपनि हुने खाने र हुँदा खाने बिच बिभेद कायमै रहेको बताउदै सामाजिक बिभेद हटाउदै उद्यमशिल्ता र उत्पालनमुलक कार्यमा नागरिक समाज सशक्त भएर लाग्नुपर्ने सुवेदीले बताए । कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष सुशिला वेल्वासेले पछिल्लो समय नागरिक समाजका संस्थालाई बिभिन्न तहमा काम गर्न असहज हुँदै गएको बताइन् । गैरसरकारी संस्था महासंघ नेपाल बाँकेका संस्थापक अध्यक्ष किरण कोइरालाले मानव अधिकारको रक्षा र महिला सशक्तिकरणका लागि नागरिक समाजको भुमिका प्रशंसनिय रहेको बताइन् । गैरसरकारी संस्था महासंघ नेपाल बाँके शाखाका पुर्व अध्यक्ष पुर्णलाल चुकेले समाजको विविध क्षेत्रको विकासका लागि गैससहरुको महत्वपुर्ण भुमिका रहेको भएपनी गैससहरुलाई डलरको खेति गर्ने भनेर आरोप लाग्ने गरेको बताए ।
शाखाका अध्यक्ष नमस्कार शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका पूर्व केन्द्रीय उपाध्यक्ष अजितकुमार शर्मा, बाँके शाखा सभापती गोवर्धन सिंह सम्झाना, गैसस महासंघ नेपाल बर्दियाका पूर्ब अध्यक्ष कृष्णजंग शाह, गैसस महासंघ नेपाल बाँकेका पूर्ब अध्यक्ष तेजबिक्रम शाह, मानव अधिकार आयोग नेपालगन्जकी प्रमुख दवारीका अधिकारी, इन्सेककी सरस्वती मल्ल लगायतले बोलेका थिए ।
कार्यक्रममा २ दशकभन्दा लामो समय गैससको माध्यमबाट सामाजिक सेवामा सक्रिय रहँदै आएका बिभिन्न क्षेत्रका ६ जनालाई सम्मान गरिएको छ । नेपाल रेडक्रस सोसाइटीका पूर्वकेन्द्रीय उपाध्यक्ष अजितकुमार शर्मा, बाँके शाखा सभापती गोवर्धन सिंह सम्झाना, गैर सरकारी संस्था महासंघ नेपाल बाँके शाखाका पुर्व अध्यक्ष पुर्णलाल चुके, बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्धिकी, महिला जागृती सेलकी अध्यक्ष लक्ष्मी श्रेष्ठ, महिला उपकार मञ्च कोहलपुरकी अध्यक्ष चन्द्रकला उप्रेतीलाई सामाजिक क्षेत्रमा दिएको योगदानको कदर गर्दै सम्मान गरिएको गैसस महासंघ नेपाल बाँकेका अध्यक्ष नमस्कार शाहले बताए ।
त्यसैगरी महासंघको संस्थागत विकासका लागि सहयोग गरेका बास नेपाल, प्लान इन्टरनेशनल, दलित महिला संघ बाँके, नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नन्दलाल वैश्यलाई समेत सम्मान गरिएको अध्यक्ष शाहले बताए । गैसस महासंघ नेपाल बाँके शाखाका सचिव आशिष वर्माले सञ्चालन गरेको कार्यक्रममा शाखाका उपाध्यक्ष चन्द्रप्रसाद तिमिल्सिनाले स्वागत गरेका थिए । कार्यक्रममा ३०० बढि गैससकर्मीहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *