
कोहलपुर, १९ चैत – कोहलपुर वडा नं.११मा अनेमसंघ वडा अध्यक्ष उर्मिला पाण्डेको अध्यक्षता अनेमसंघको भेला सम्पन्न भयो ।
भेलामा प्रमुख आथित्यमा लुम्बिनी प्रदेश सदस्य एवं अनेमसंघ केन्द्रिय सदस्य अछरी पोखरेलले ग्रासरुट अभियान भनेको के हो ? जनताको बहुदलिय जनबाद भनेको के हो ? अनेमसंघमा महिला संगठीत हुनु पर्ने कारण, अनेमसंघको इतिहास, अनेमसंघले गरेका काम र गर्नुपर्ने काम, संगठन सुदिृढीकरण लगायतका विषयमा प्रष्ट पार्नु भयो ।
यसैगरी बैठकमा बोल्दै अनेमसंघ नगर सदस्य एवं वडा नं.११का वडा अध्यक्ष कल्पना अधिकारीले आफु वडा अध्यक्षमा जितेर काम गरी रहेको अवस्थामा पनि नयाँ व्यक्ति अफिसमा आउदा म संग नै अध्यक्ष खै भनेर सोध्नु हुन्छ टेवुलको नाम पीलेट हेर्नुसत भनि देखाएपछि सरि भन्दै मसंग कुरा गर्नु हुन्छ भन्दै महिलाले नेतृत्व गर्न सक्छन भन्ने सोचाइको कमि भएको उदाहरण दिनुभयो ।
बैठकमा ग्रासरुट अभियानको जानकारी,जनताको बहुदलिय जनवादको बारेमा जानकारी, सचिवालय गठन, कमिटि पुर्नगठन, सदस्यता वितरण विस्तार, नविकरण लगायतका एजेण्डामा छलफल गरीएको थियो ।
नेकपा एमालेको भातृसंगठन अनेमसंघ ११ नम्वर वडाका वडा अध्यक्ष उर्मिला पाण्डेको अध्यक्षतामा सम्पन्न भेलामा नगर अध्यक्ष नमप्रसाद शर्मा, नगर सचिव गोमा खनाल, किशान महासंघका के.स.अन्जना धिताल, एमाले वडा ११का सचिव खडक ब.चन्द ठकुरी लगायत ३दर्जन बढि महिलाको उपस्थिति रहेको थियो ।
