Sunday, April 26सत्यम खबर
Shadow

चीनको हस्तक्षेप नरोके नेपालको अवस्था युक्रेनकै जस्तो हुन्छः डेमोक्र्याट युनियन

काठमाण्डौ, १८ फागुन – नेपाल डेमोक्र्याट युनियन (एनडियु) ले चीनले नेपालमा हस्तक्षेप गरेको भन्दै चिन्ता ब्यक्त गरेको छ। रूसले छिमेकी मुलुक युक्रेनमाथि हस्तक्षेप गरेजस्तै चीनले पनि नेपालमा हस्तक्षेप गरेको युनियनको दावी छ।

शुक्रबार युनियनका अध्यक्ष सिद्धार्थ गौतमले एक विज्ञप्ति जारी गरी नेपाललाई कम्युनिष्ट पार्टीमुक्त देश बनाउन आब्हान समेत गरेका छन् । रूसभन्दा चर्को सर्वसत्तावादी कम्युनिस्ट चीनसँग सीमा जोडिएको मुलुक नेपालमा निरन्तर बढ्दै गएको सर्वसत्तावादी कम्युनिस्ट प्रभाव र चीनको नाङ्गो हस्तक्षेप नेपाल र नेपालीका लागि अभिशाप भएको विज्ञप्तिमा उल्लेख छ।

‘तिब्बतले युक्रेनको नियती विगतमा भोग्दा सारा विश्व चुप लागेर बस्यो। त्यसैको नियति आज युक्रेनले भोग्दैछ’ विज्ञप्तिमा भनिएको छ–‘अब पनि ठूला कम्यूनिष्ट राष्ट्रको विस्तारवादको विरोध प्रजातान्त्रिक विश्वले गरेन भने सानो राष्ट्रको भविष्य अन्धकारमय हुनेछ। यसबाट कम्युनिष्ट चीनको विस्तारवादी नीतिबाट नेपाल पनि मुक्त हुने छैन।’

युक्रेनको घटनाबाट गम्भीर पाठ सिकेर नेपाललाई यथाशीघ्र कम्युनिस्टमुक्त मुलुक नबनाउने हो भने निकट भविष्यमा नेपाल र नेपालीले उक्रेनकै नियति भोग्नु पर्ने चेतावनी विज्ञप्तिमा दिईएको छ। एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *