Sunday, April 26सत्यम खबर
Shadow

नेता बन्न जनताको सेवा गर्नु पर्ने

कोहलपुर, १५ फागुन – नेता बन्नको निम्ति जनताको सेवा गर्नु पर्ने एक कार्यक्रममा जोड दिइएको छ । उक्त बैठकमा बोल्दै नेकपा एमाले प्रदेश कमिटि सदस्य अछरी पोखरेलले जनताको सेवा गरेर नेता बन्न सुझाव दिदै मिसन ग्रासरुट अभियान भनेको के हो ? किन आवश्यक पर्यो ? अभियान सञ्चालन गर्नुका उद्देश्य, लगायतका विषय प्रष्ट पार्नु भयो ।
प्रमुख अथिति समेत रहनु भएका पोखरेलले जनताको सेवा गरी मन जित्ने व्यक्ति मात्र नेता बन्न सक्ने बताउँदै टोल छरछिमेकमा कोहि कसैलाई अप्ठ्याराे परेको बेला पुगेर सहयोग गर्ने व्यक्तिलाई नै सबैले नेता मान्ने हुँदा जनताको सेवा गरेर नेता बन्न अग्रह गर्नु भयो । नेकपा एमाले मिसन ग्रासरुट अभियानको विस्तारित बैठक फागुन १४ गते कोहलपुर वडा नंं.५ मा सम्पन्न भयो ।
यसैगरी कोहलपुर नगरका अध्यक्ष नमप्रसाद शर्माले फागुन ९ गतेदेखि बैशाक ९ गते सम्म २ महिने अभियानको उद्देश्यका बारेमा प्रष्ट पार्नु भयो । वडा अध्यक्ष दिपेन्द श्रेष्ठको अध्यक्षतामा बसेको वैठकले वडा स्तरिय योजना तर्जुमा, भेलाको मिति तय र योजना बनाउने काम सम्पन्न गर्यो ।
बैेठकमा नेकपा एमाले प्रदेश कमिटिका सदस्य भारति खनाल, नेकपा एमाले जिल्ला कमिटि सदस्यहरु दमनकुमार श्रेष्ठ, माया अधिकारी लगायतले संगठन सुदृढीकरण, नेतृत्वले गर्नु पर्ने कामको सवालमा आ–आफ्नो भनाइ राख्नु भयो । बैठकले फागुन १७ गते वडाको विस्तारित भेला राख्ने समेत निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *