
नेपालगन्ज, २६ माघ – कर्मचारी संघ मध्यपश्चिम क्षेत्रिय कार्यसमितीको अध्यक्षमा भुपेन्द्र पुन मगर निर्वाचित भएका छन् ।
राष्ट्रिय खेलकुद परिषद कर्मचारी संघको अधिवेशनमा लुम्बिनी प्रदेशका १२ जिल्ला मध्य विभिन्न जिल्ला तथा क्षेत्रिय कर्मचारी संघ गठनको प्रक्रिया अन्तर्गत आज नेपालगन्जको रंगशालामा सम्पन्न भेलाले मगरलाई क्षेत्रिय अध्यक्षमा निर्वाचित गरेको हो ।
संघको उपाध्यक्षमा मान बहादुर चौधरी, सचिवमा मान बहादुर लामिछाने मगर, कोषाध्यक्षमा जग बहादुर नेपाली र सदस्यमा सुरेश बहादुर बम , भिम बहादुर थापा र मोहन बहादुर पाण्डे निर्विरोध निर्वाचित भएका थिए भने अध्यक्षमा भुपेन्द्र पुन मगर र सन्तोष कुमार श्रेष्ठको चुनावमा ६ मतान्तरमा भुपेन्द्र पुन मगर निर्वाचित भएका छन ।
यसै गरि उक्त भेलाले मध्य- पश्चिमाञ्चल क्षेत्रिय कर्मचारी संघको निर्वाचन सफलतापूर्वक सम्पन्न गराइदिनु भएकोमा निर्वाचन अधिकृत अधिवक्ता विक्रम भण्डारी, मध्यपश्चिम खेलकेद नेपालगन्ज रंगशालाका प्रमुख महेश चन्दको उपस्थिति निर्वाचन सम्पन्न भएको थियोे ।
