
नेपालगन्ज, ७ माघ – नेपालगन्जमा रगतको अभाव भइरहेको अवस्थामा शुक्रवार यहाँ आयोजित रक्तदान कार्यक्रममा पत्रकार, व्यवसायी, शिक्षक लगायत एक जना महिला सहित ४६ जना स्वयम्सेवी रक्तदाताहरुले रक्तदान गरेका छन् । नेपालगन्जबाट विगत ४१ वर्षदेखि प्रकाशित हुँदै आएको जनमत अद्र्धसाप्ताहिक पत्रिकाले आफ्नो त्रैमासिक रक्तदान कार्यक्रमको ५५ औं श्रृङ्खलाको रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
ग्रेस एण्ड ग्लोबल ट्रेडिङ प्रा.लि. (टिभिएस मोटर साइकल शोरुम), नेपालगन्ज–१८, बाँकेको सहकार्यमा स्थानीय कारकाँदो चोक स्थित टिभिएस शो रुममा भएको उक्त रक्तदान कार्यक्रममा नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँकेकी अध्यक्ष दिला शाह, ग्रेस एण्ड ग्लोबल ट्रेडिङ प्रा.लि.का निर्देशकद्वय रण बहादुर शाही महादेव सिंह ठकुरी, जनमत ujपूर्णलाल चुके र नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले प्राविधिकलाई रगत संकलन गर्ने प्याकेट प्रदान गरी रक्तदानको शुरु गरिएको हो ।
जनमतले आफ्नो रजत महोत्सव २०६३ साल वैशाख २९ गतेदेखि हरेक तीन महिनामा रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । विशेषगरि रगतको अभावमा छट्पटाईरहेका गरीब, असहाय र दूरदराजबाट आउने विरामीहरुलाई लक्षित गरेर रक्तदान महादानको पवित्र उद्देश्यले आयोजना गर्दै आएको रक्तदानको यो ५५ औं श्रृङ्खला हो ।
कार्यक्रम संयोजक पवन जायसवालका अनुसार आज रक्तदान गर्नेहरुमा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य झलक गैरे, नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँकेकी अध्यक्ष दिला शाह, टिभिएसका क्षेत्रीय बजार प्रवन्धक प्रकाश श्रेष्ठ, अन्नपूर्ण दैनिकका उपसम्पादक शंकर प्रसाद खनाल, नियमित स्वयम्सेवी रक्तदाताहरु नीरजमान श्रेष्ठ, मनबहादुर केसी, धर्मेन्द्रकुमार सिंह, शेरबहादुर बोहरा, मनमोहन वर्मा, लक्ष्मणकुमार वैश्य, पवनकुमार वैश्य, गौतमप्रसाद पौडेल, दीपक गुप्ता, असफाक संघर्ष, रुस्तम अली दर्जी लगायत थिए ।
यसैगरि अमित अग्रवाल, राकेशकुमार वर्मा, लक्ष्मणप्रसाद हरिजन, सागर भट्ट, भगवानशरण यादव, रमेशकुमार वर्मा, दिपक हरिजन, योगराज चौधरी, विनोदकुमार वर्मा, जवाहरलाल वर्मा, संजय बढई लगायतले रक्तदान गरेका थिए ।
सो अवसरमा रक्तदाताहरुलाई ज्याकेट प्रदान गरिएको थियो ।
सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मीको नेतृत्वमा सोमप्रसाद सापकोटा, सुनिल थापामगर, सुनिता कुमाई, बैकुण्ठ रेग्मी, वीरेन्द्र योगीले प्राविधिक सहयोग गर्नु भएको थियो ।
सो कार्यक्रममा जनमतका करीब एक दर्जन नियमित रक्तदाताहरु विविध कारणवस उपस्थित हुन नसकेको र रक्तदान गर्ने उच्च अभिलाषा लिएर आएका कतिपय रक्तदाता उक्त रक्तचाप, न्यून रक्त चाप, रक्त अल्पता र औषधि सेवनका कारण रक्तदान गर्न नपाई निरास भई फर्कनु परेको कार्यक्रम संयोजक जायसवालले बताउनु भयो ।
विगत १७ वर्षदेखि निरन्तर रुपमा आयोजना गरिंदै आएको त्रैमासिक रक्तदान कार्यक्रममा हालसम्म चार हजार जना रक्तदाताहरुले रक्तदान गरिसकेको जनमत सम्पादक पूर्णलाल चुकेले जानकारी दिनुभयो ।
