
नेपालगन्ज, ६ माघ – नेपालगन्जमा हुन गईरहेको महोत्सवको सचिवालय मेला परिसरमा स्थानतरण गरिएको छ ।
बाँकेको नेपालगन्जमा माघ १० गते देखि हुन गईरहेको ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’को मिति नजिक आईसक्दा थप सहजका लागि सम्र्पक सचिवालय महोत्सव परिसर भित्र स्थानतरण गरिएको छ ।
महोत्सव सञ्चालन हुन अब ४ दिन मात्र बाँकी छ । समय नजिक आईपुग्दा व्यवस्थापनमा थप तिब्रता दिन सचिवालय महोत्सव परिसर भित्र स्थानतरण गरिएको प्रचारप्रसार समितिका संयोजक भागवतप्रसाद कर्णेलले जानकारी दिए ।
महोत्सव स्थलमा अहिले बार र स्टलका लागि छाना लगाउने कार्य लगभग सम्पन्न भईसकेको छ भने आज स्टेज सजावट, बाल उद्यान जडान, सफाई, स्वागत गेट लगायतका कार्यहरु भईरहेको छ । स्टल बुकिङ्ग भने अहिले केही प्रतिशत मात्र बाँकी रहेको संयोजक कर्णेलले जानकारी दिए ।
महोत्सव नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ स्थित कारकाँदोमा रहेको सडक डिभिजन कार्यालयको परिसरमा लाग्दैछ ।
यस अघि सचिवालय कारकाँदो स्थित रहेको माछापुच्छे्र बैंकको पारीपट्टी राखिएको थियो । महोत्सव स्थल भित्र प्रचारप्रसार संगै व्यवस्थापनमा थप सहजता हुने अपेक्षा गरिएको प्रचारप्रसार समितिले जनाएको छ ।
