Saturday, April 18सत्यम खबर
Shadow

काव्य विमर्श तथा रचना वाचन कार्यक्रम सम्पन्न

नेपालगन्ज, १ माघ – बाँकेको खजुरा गाउँपालिकाले भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण र उत्थानका लागि स्थापित गरेको, खजुरा प्रज्ञा प्रतिष्ठानको साहित्य विभागद्वारा काव्य विमर्श तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।
खजुरा गाउँपालिकाको बिशेष सहायोगमा प्राज्ञ सदस्य मणि अर्यालद्वारा सञ्चालित खजुरा प्रज्ञा प्रतिष्ठानकाद्वारा आयोजित काव्य विमर्ष तथा रचना वाचन कार्यक्रम उपकुलपति डा. ईन्द्रबहादुर भण्डारी ‘इन्द्रेणी’ को अध्यक्षतामा सम्पन्न कार्यक्रममा खजुरा गाउँपालिका प्रमुख तथा खजुरा प्रज्ञा प्रतिष्ठानका कुलपति डम्बर बिक तुफानले साहित्यले यो समाजलाई हरा भरा बनाएको छ, खजुरा बह बनानका लागी हामी खजुरा प्रज्ञा प्रतिष्ठान निर्माण गरेका छौं ।
काव्य साहित्यको बारेमा कार्यपत्र प्रस्तुत हरि प्रसाद सुवेदी र बासगढी बहुमुखी क्याम्पसका प्रमुख ईश्वरी प्रासाद रिजालले काव्य (साहित्य) लेखन सम्बन्धी जानकारी गराउनु भएको थियो ।
सो कार्यक्रममा खजुरा गाउँपालिका उपप्रमुख तथा खजुरा प्रज्ञा प्रतिष्ठानका सहकुलपति मञ्जु मल्ल, प्रा.डा. जनार्दन आचार्य, मित्रलाल सापकोटा, रिचा लुइटेल, कवीन्द्र भट्टराई, बिक्रम बुढा क्षेत्री, ज्ञानोदय माध्यमिक बिद्यालयका प्रधानाध्यापक ऋषिराम सापकोटा लगायतको सहभागितामा माघीको अवसरमा साहित्यकार प्रभात सुवेदी, गीता आर्यालले थारु गीत प्रस्तुत गर्नु भएको थियो ।
यसरी कार्यक्रममा शिक्षाविद् तथा पूर्व उप सचिव जीत बहादुर शाह, शिक्षाविद् किरण आचार्य, वरिष्ठ लेखक तथा साहित्यकार नरेन्द्र जंग पिटर, मणि अर्याल, अवधी साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष बिष्णुलाल कुम्हार, विश्व हिन्दू महासंघ बाँके अध्यक्ष मधई सिंह सरदार, साहित्यकार तथा अधिवक्ता भीमबहादुर शाही, कृष्णा देवी पाण्डेय, खगेन्द्र गिरि कोपिला, खडकबहादुर बोहरा, ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पस खजुराका क्याम्पस प्रमुख चरित्रा शाह, सरस्वती वली, चन्द्रावती अधिकारी, मानबहादुर भण्डारी, सोम नाथ लुइटेल, कृष्णप्रसाद सुवेदी, यदुनन्दन शर्मा, प्रश्ना सुवेदी, बोधराज प्याकुरेल, कल्पना पौडेल ‘जिज्ञासु’ लगायतले मन्तव्य व्यक्त गर्दै आ–आफना रचना वाचन गरेका थिए । ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पस खजुरामा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *