नारद मधेसी
काठमाण्डौ, २७ पौष
बितेको ६ अप्रिल २०२२ मा अमेरिकी साइबर सुरक्षा फर्म रिकार्डेड फ्यूचरले एउटा आश्चर्यजन कुरा खुलासा गरेको थियो । उसको आरोप थियो, चीनीया राज्यसत्ताले आफ्ना प्रायोजित हैकर्सको माध्यमबाट लद्दाखमा भारतको बिजली ग्रिडहरुलाई नै निशाना बनाएको छ । यी बिजली ग्रिडहरुमा माथीको आक्रमण चीनको साइबर जासूसी अभियानको एउटा टेलर मात्र थियो ।
उक्त जासुसी अभियानको मुख्य उदेश्य भारतको इलेक्ट्रोनिक संजाल माथीको अक्रमणसंगै त्यसभित्र रहेको संकलित डाटालाई हत्याउनु नै मुख्य उदेश्य भएको भारतीय बुझाइ थियो । यसका साथै पुन भविष्यमा युद्धको समय आइपर्यो भने त्यसलाई पुर्णरुपले निश्कृय पार्न सकिन्छ कि ? को तैयारी पनि हो ।
साइबर जासूसी मुहिम चीनको ठुलो वैश्वीक जासुसीको ठुलो रणनीतिको मुख्य भाग पनि हो । मुख्यत लगभग एक दशक देखि चीन आफ्ना प्रतिद्धन्दी भारत, अमेरिक, जपान बृटेन लगायतका मुलुकहरुमाथी व्यवस्थित रुपले आक्रामक साइबर अप्रेशनहरु चलाउदै आएको उनीहरुको आरोप छ ।
यती मात्र होइन नीदरलैंड्स, यूनाइटेड किंगडम, आस्ट्रेलिया र अमेरिका जस्ता कतिपय मुलुक, वोडाफोन र माईक्रोसाफ्ट जस्ता व्यापारीक कम्पनिहरुका डाटा चिनद्धारा संकलित गरिएको आरोप छ । अमेरिका र चीन दुबैले एक अर्का माथी साइबर आक्रमण गरिएको अरोप प्रतयारोप लगाउदै आएका छन् । अमेरिकले चीन वैश्विक स्तरमा नै सघन रूपले से हैकिंगसंग सम्बन्धित हरेक गतिविधिमा लागेको आरोप लगाउदै आएको छ ।
यति मात्र होइन सुरक्षा बाहेक चिनले स्वास्थ्य र संचार क्षेत्र लगायतका जनसेवी संरचना माथी पनि आक्रमण गर्दे आएको आरोप छ । जसका माध्यमबाट व्यक्तिगत गपनियताहरुलाई समेत चिनले चोर्ने गरेको अमेरिकि कम्पनिहरुको गम्भिर आरोप छ । सन् २०२० को सुरुमा लिटिल पान्डाज वर्ल्ड एडवेंचर नामको एउटा वीडियो गेम गुगलको प्ले स्टोर र एप स्टोरबाट हटाउँनु पर्यो ।
यो वीडियो गेमको निर्माण चीन स्थित झी योंग इन्फार्मेशन टेक्नोलोजीले गरेको थियो । यस्तैं ड्रीमवर्क्स एनिमेशन र संघाई स्थित पर्ल स्टूडियोद्वारा निर्मित फिल्म एबामिनेबललाई फिल्महाउनहरुबाट उटाउँनु पर्यो । यी दुबै घटनामा साउथ चाइना समुन्द्रमा चीनको दावेदारी हुने नाइन डैश लाइन दिखाइएको थियो ।
यस्तै नेटफ्लिक्सको एउटा अर्को शो– पुट योर हेड आंन माय शोल्डरलाई पनि सेन्सर गर्नु किनकि त्यसमा पनि समुन्द्रमा नाइन डैश लाइन भएको नक्शा देखाइएको थियो । यसो त हुन सक्छ कि जनताको बीच लोकप्रिय संस्कृतिमा राजनैतिक कुराको कुनै खास असर नपर्न सक्छ । तर, यसता कुनै झुठो कुरालाई पटक पटक प्रेशित गरियो भने गैर कानुनी दावी भएको सांचो बनाउँने कुरालाई ठूलो सहयोग बन्न सक्छ ।
तर पटक पटक यस्तो गैरकानूनी दाबीलाई साँचो बनाउनु नै नेटफिलक्सको मुख्य उदेश्य हो । यो अंतरराष्ट्रीय समुद्री कानूनको खुल्ला उलंघान हो । फैशन र जन संस्कृतिको माध्यमका यस्ता सांकेतिक भ्रमिति जानकारी जनताको मनाबिज्ञान र इतिहास तथा भूगोलको जानकारीलाइ प्रभावित गर्ने राष्ट्रिय जासुसी रणनिति हो ।
सैन्य बल होस वा त्यसको तटीय रक्षासंग सम्बन्धित कानून यो सबै कुरा मुख्य रुपमा चीनको त्यो उदेश्यका प्रमाणित गर्दछ । जसको आधारमा आफ्नो क्षदम जासुसि अभियान चलाइ रहेको छ । उक्त अभियान चीनले छिमेकमा मात्र नभइ उसले हिंद प्रशांत क्षेत्रमा र आफ्नो बेल्ट एन्ंड रोड इनिशिएटिव (बीआरआइ)को माध्यमबाट पुरै यूरेशियामा आफ्नो प्रभाव क्षेत्र विस्तार अभियानमा लागेको छ ।
‘प्रभाव क्षेत्र स्वरूप’ को मुख्य उदेश्य चीन आफ्नो राजनीतिक र कूटनीतिक असर मात्रै बढाइरहेको छैन । त्योभन्दा पनि उसले आफ्ना अत्याधिक संसाधन, सेना, नौसेना र त्यसमा प्रयोग गरिने साइबर प्राविधिकमा प्रयोग गरिरहेको छ । जसको माध्यमबाट उसको जासुसी सयन्त्र बनिलो बनेको छ ।
चीन ठुलो रणनीतिक रुपले आफ्नो क्षेत्रीय महत्वाकांक्षाहरुलाई तिब्र गतिमा अगाडि बढाउदै आक्रामक रुपमा अघी बढेको छ । जसमा दक्षिणी पूर्वी एशिया, चीन को लागी सबै भन्दा सजिलो लक्ष्य बनेको छ । यसमा हिन्ंद प्रशांत क्षेत्रीय मुलकहरु होउन वा अन्य देश यसमा चीन आफ्नो जासुसी पकड बढाउदै गएको छ ।
कुनै बेला स्लोमोसन कथानकमा आधारित फिल्मको एक उत्कृष्ट उदाहरण, तर एकै समयमा एक निश्चित अपराधी साजिश सोभियत जासूसी फिल्ममा पहिला खुबै देखिन्थे । निस्सन्देह, त्यहाँ धेरै मनपर्ने विशेष जासुसीय प्रभावहरू र अविश्वसनीय घटनाहरु एक्कासी सृजना हुन्थ्यो, तथापि, यी फिल्मीचित्रहरू, सोभियत युगीन छायांकनको अन्य उदाहरण, आराम र निरपेक्ष रूपमा भोग्ने एक उत्साहित राम्रो तरिका हुन्थ्यो ।
ठिक यसै गतिमा अहिले चिनीया जासुसीकरण छिमेकमा बढेको छ । जुन एशियाकै राजनैतिक समिकरणलाई उथल–पुथन पार्ने नराम्रो संकेतको सुचक पनि हो । भारत र चीनको द्विपक्षीय सम्बन्ध राजनैतिक समयको तापक्रम अनुसार शत्रुता, मित्रवत प्रतिस्पर्धा र सहकार्यको ढाँचाबाट अघि बढेकोलाई अन्यथा ठान्नु हुँदैन ।
तर दक्षिण एशियामा बढेको चिनीया हस्तक्षेपले राजनैति समिकरणमा अप्रत्यासित परिवर्तन ल्याउन सक्ने स्वभावीत दाबीलाई नकार्न सकिदैन । यो अभियान अन्तर्गत चिनको कतिपय षडयन्त्र मुलक सैन्य तथा कुटनैतिक रुचिलाई छिमेकमा स्थापित गराउने कार्यमा लागेको छ , चीनी इंटेलिजेंस सर्विसेज(सीआईएस) ।
कुनै पनि मुलुक आर्थिक, समाजिक र सांस्कृतिक उन्नतीको दिशामा प्रयास गर्छ र यो अधिकार पनि छ, उसलाई । तर त्यसको लागि छिमेकी मुलुकको सम्ंप्रभुता लत्याउने कुरा असहय हुन जान्छ । अरु मुलुकमा आफ्नो सैनिक वा कुटनैतिक सम्प्रभुता जमाउन खोजनु कुनै पनि अर्थमा उचित होइन ।
चीनको नेपाल, पाकिस्तान, बंगलादेश, श्रीलंका लगायतका छिमेकमा बढेको नांगो हस्तक्षेपका कारण भारत र चीन सम्बन्धमा पश्चिमा शक्ति प्रवेश गर्दै गएको परिदृश्यलाई नकार्न सकिदैन । जसका कारण नेपाल लगायत साना मुलुकहरु वैदेशिक बिषय तथा राष्ट्रिय हितका मुदाहरु बढी जटिल बन्नु समय सपेक्ष लिन सकिन्छ । चीनको दक्षिण एशिया लगायत छिमेकमा बढको गुप्तचरी उदेश्यले छिमेकि माझ ठुलो ‘त्रासदी’ उत्पन्न हुनु स्वभावीक हो ।
चीनले बढाएका सक्रियताको बाछिटा एसिया मात्रै होइन विश्वका अधिकांस लोकतान्त्रि शक्तिहरुलाई एक थलोमा आउने बाध्यात्मक परिस्थिती पनि हो । यो गुप्तचरी मायाजाललाई समझिदै, सुरक्षित रूपमा मान्न सकिन्छ कि चाइनिज गुप्चर संस्था सीआईएस भारतलाई टार्गेट गर्दै नेपाल लगायत दक्षिण एसियाको साना तथा छिमेकि मुलुकहरुमा आफ्नो ध्यान केंद्रित गर्दै अगाडि बढेको छ । जसको परिणाम स्वरुप उसका केहि अपरेशनहरु बिगतका समयमा एकस्पोज भएका समाचार आउन थालेपछि सिआइएस केहि स्टेप पछाडि हटे पनि, त्यो उसको वास्वकिताको ट्रेलर मात्रै भएको कुरालाई नर्कान सकिदैन ।