
सकिल अहमद राई
जानकी, २१ पौष – बाँकेको जानकी गाउँपालिका वडा नं. २ मा अवस्थित श्री माध्यमिक विद्यालय जोगागाउँमा अध्ययनरत विद्यार्थीहरूका लागि दाङका विभिन्न प्रसिद्ध स्थल तथा पर्यटकीय स्थलको एकदिने शैक्षिक अवलोकन भ्रमण सम्पन्न गरेकाे छ ।
विद्यार्थीको स्तर, क्षमता वृद्धिको लागि बाँकेको जानकी गाउँपालिका-२ स्थित विद्यालयले शैक्षिक भ्रमणको आयोजना गरेको बताईएकाे छ । भ्रमणको क्रममा दाङ्गको धारापानी स्थित पाण्डेशवरी मन्दिर र ताल-तलिया लगायत क्षेत्रको अवलोकन गरिएको विद्यालयका प्रधानाध्यापक मो. आलमीन राईले बताउनु भएको छ ।
हामी जम्मा भ्रमणमा समावेश साथीहरू र शिक्षक गरी करिब ४० जना रहेका थियो । भ्रमणका लागि हामी बिहान ६ बजे विद्यालयमा भेला भई नास्ता गरेर ठिक ७ बजे विद्यालयबाट बस चढेर यात्रा सुरु गरेको प्राआ राईले बताउनु भयाे । उनले यात्राको क्रममा निकै रमाइलोका साथ बसबाट विभिन्न प्राकृतिक दृश्यको अवलोकन गर्दै तुलसीपुर हुँदै सिधै दाङ जिल्लाको धारापानी वा पण्डेशवारी मन्दिर दर्शन गर्न त्यस मन्दिरमा विभिन्न मूर्तिहरूकाे समेत दर्शन गरिएकाे बताए ।
हिमशृङ्खलाहरू (अन्नपूर्ण, माछापुच्छे जस्ता हिमाल अवलोकन गर्न पनि पाइने रहेछ । साँच्चिकै भन्नुपर्दा त्यस स्थल घुम्नै पर्ने रहेछ भन्ने हामीलाई महसुस भयो । हामीले त्यहाँ एकल तथा तथा सामूहिक फोटो खिच्यौँ र त्यहाँबाट फेरि हामी घुमघामतर्फ लाग्यौँ भनी बताउनुभयाे ।
हाम्रो यस शैक्षिक भ्रमण निकै ज्ञानवर्धक र मनोरञ्जनात्मक भयो । आगामी दिनहरूमा पनि यसरी नै शैक्षिक भ्रमणलाई निरन्तरता दिनुहुने छ भन्ने आशा रहेकाे बताए ।
त्यसपछिको हाम्रो गन्तव्य शान्ति स्तुपा बन्यो । शान्ति स्तुपामा एकदमै शान्तका साथ जुत्ता चप्पलसमेत हामीले बाहिर खोलेर त्यस स्तुपामा प्रवेश गर्यौँ । हाम्रो यस शैक्षिक भ्रमण निकै ज्ञानवर्धक र मनोरञ्जनात्मक भयो । आगामी दिनहरूमा पनि यसरी नै शैक्षिक भ्रमणलाई निरन्तरता दिनुहुने छ भन्ने आशा रहेकाे सहभागी विधार्थीहरूकाे भनाई रहेकाे थियाे ।
