
सकिल अहमद राई
जानकी, १७ पौष – बाँकेको जानकी गाउँपालिका वडा नं २ बेलभार कृषि सम्बन्धी विभिन्न बाली (खाद्यान्न, फलफूल, तरकारी, नगदेबाली, तेलहनवाली र घॉसबाली) को साथसाथै रुख वा अन्य बोटविरुवाहरु लगाउने प्रविधिलाई पारिवारिक निजी वन सङ्घ जिल्लाको बाँकेको आयोजनामा कृषि वन समुह सशक्तीकरण तालिम आज आईतबार सम्पन्न भएको छ ।
अझै प्रस्ट रुपमा भन्नु पर्दा उपरोक्त बाली सँगसँगै पशुपालन, सिम खेत (पानी जमिरहने) हरु छन् भने माछापालन समेत समावेश गरी कमसल जमिनबाट धेरै भन्दा धेरै आम्दानी लिने र ग्रामीणस्तरका कृषकहरुको आम्दानीको स्तर वृद्धि गर्ने कार्यलाई नै (एग्रो फरेष्ट्री सिष्टम) कृषि वन प्रणाली भन्ने गरिन्छ ।
कृषि वन प्रणालीका उद्देश्यहरुमा स्थानीय साधन र स्रोत जुटाएर कृषि बालीको उत्पादनमा सुधार ल्याउने र कृषि वनबाट उत्पादित वस्तुहरुको औद्योगिक क्षेत्रमा निर्यात गर्ने, माटोको उर्वराशक्ति सुरक्षित गर्ने आदि यससम्बन्धी अध्ययन र अनुसन्धान विभिन्न देशहरुमा भइरहेको छ, हाल आएर हाम्रो देशमा पनि यसको वैज्ञानिक तवरबाट केही काम भए पनि अझै पूर्णरुपमा सफल हुन सकिरहेको छैन । हाम्रा पूर्खाहरुले यस्तो कार्य पहिलेदेखि नै गर्दै आइरहेका थिए । खेतको आलीमा मास, भट्ट लगाउने, कान्ला, कुनामा रुख विरुवा लगाउने, रुख विरुवाको मुनि वा नजिकै कोदो, भटमास, फलफूल, केराउ आदि लगाउने गर्दै आएका थिए ।
अब हामीहरुले सोच्नुपर्ने कुरा के हो भने बहुपक्षीय फाइदाको लागि उपयुक्त वैज्ञानिक र व्यवस्थित कृषि–वन प्रणालीको विकास अब कसरी गर्ने भन्ने थोरै जमिनबाट खाद्यान्नको साथै काठ, दाउरा, मल, घॉस जस्ता आधारभूत आवश्यकताका वस्तुहरु परिपूर्ति गर्न यहॉको जलवायु, हावापानी, भू–वनोट आदिलाई विचार गरी तराई, पहाड र उच्च–पहाडी क्षेत्रका लागि बेग्ला बेग्दै कृषि–वन प्रणालीको विकास गर्नुपर्छ । यसबारेमा सम्बन्धित निकायको ध्यान जानु जरुरी छ ।
कृषि वन प्रणालीको वर्गीकरण कृषि वन प्रणाली अपनाउन ४ आधारहरुलाई अपनाउन सकिन्छ ।
यस कार्यक्रमको आयोजना वन सङ्घ नेपाल जिल्ला बाँकेको तथा जानकी गाउँपालिकाको सहयोगमा भएको यस संस्थाको सचिव सुनिल घिमिरेले जानकारी दिनुभयो थियो ।
कार्यक्रममा उपस्थित वडा नं २ को वडा अध्यक्ष चन्द्रिकाप्रसाद गुप्ता, वडा सदस्यहरु लगायत ५० जना भन्दा बढीको सहभागिता रहेको थियो ।
