Friday, November 22सत्यम खबर
Shadow

मानव बेचबिखन तथा ओसारपसारमा बृद्धि, ५ हजार ९ सय ३८ जनाको अवस्था अज्ञात

नेपालगन्ज, १६ पौष – सरकारले आवश्यक सहयोग नगर्दा बेचबिखनमा परेका बालबालिका तथा महिलाहरुलाई उदार गर्न कठिनाई भएको एक कार्यक्रममा बताईएको छ ।
शनिबार नेपालगन्जमा माईती नेपालबाट आयोजित मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा उक्त भनाई कार्यक्रम संयोजक केशव कोइरालाले राखेका छन् ।
माईती नेपालबाट प्रस्तुत गरिएको विवरण अनुसार खोजतलासका लागि निवेदन दिएका मध्य ५ हजार ९ सय ३८ जनाको अवस्था हालसम्म अज्ञात रहेको जनाएको छ । सन् २००२–२०२२ सम्म खोजतलासका लागि ७ हजार ५ सय ७२ वटा निवेदन परेकोमा १ हजार ६ सय ३८ जना मात्र फेला परेको तथ्यांक सार्वजनिक गरेका छन् ।
२० वर्षको अवधिमा श्रम र यौन शोषणमा परेका ३ सय ६५ जनाको भारत लगायतका देशबाट उद्दार गरिएको माइती नेपाल नेपालगन्जका संयोजक कोइरालाले बताउनुभयो । सन् २०२२ मा यौन तथा श्रम शोषणमा परेका ९ जनालाई भारतबाट र एक जनालाई खाडी मुलुकबाट गरि १० जनाको उद्दार गरि घरमा पुनर्मिलन गराइएको संयोजक कोईरालाले बताउनु भयो ।
माइती नेपाल नेपालगन्जले एक वर्षको अवधिमा असुरक्षित बसाईसराई गरिरहेका ५ सय २९ जनालाई नेपालगन्ज नाकाबाट उद्दार गरिएको जनाएको छ । घरेलु हिंसामा परेको भन्दै न्यायका लागि १० जनाले निवेदनकोमा सात वटा विवाद समाधान गरिएको कोइरालाको भनाई छ ।
उद्दार गरिएको मध्ये ब्रह्मण÷क्षेत्री २ सय ७, जनजाती १ सय ३०, दलित १ सय ८४, आदिवासी ८ रहेका छन् भने १८ वर्ष मुखिका बालिका २ सय १० जना, १८ वर्ष मुनिका बालक १५ जना र १८ वर्ष माथिका ३ सय ४ जना रहेको तथ्यांक सार्वजनिक गरेका छन् ।
२० वर्षको अवधिमा ४ सय ४६ वटा निवेदन परेकोमा ३ सय ५३ वटा समाधान हुन नसकेको उनले बताए । “माइती नेपालले नेपालगन्ज नाकामा काम गर्न लागेदेखि मानव बेचविखनमा परेको भन्दै १ सय ८८ वटा उजुरी परेकोमा ९३ जनाको पक्षमा फैसला भएको छ । सन् २०२२ मा मानव वेचविखनका कुनै उजुरी परेन,” कोईरालाले बताए ।
मानव बेचबिखन तथा ओसारपसार रोक्न बाँकेका ८ वटै पालिकाहरुबाट समन्वय गरी आउने दिनमा ठोस कार्ययोजना बनाईने जानकारी गराउ“दै हाल नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ गाउ“पालिका लगायत ४ पालिकाले त्यसको लागि सहमति जनाईसकेको जानकारी गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *