Saturday, April 25सत्यम खबर
Shadow

५ महिला सहित ६३ जनाद्वारा रक्तदान

नेपालगन्ज, ३ मंसिर – बर्दियाको जयनगरमा “रक्तदान जीवनदान, १८ वर्ष ४५ किलो, रक्तदान गर्न नगरौं ढिलो” भन्ने उद्देश्यका साथ पौष २ गते शनिवार आयोजित रक्तदान कार्यक्रममा ५ महिला सहित ६३ जनाले रक्तदान गरेका छन् ।
बिश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुरबाबा–८ मढेलाका केन्द्रिय अध्यक्ष चित्रप्रसाद खनालले प्रादेशिक रक्त संचार सेवा केन्द्र नेपालगन्जका प्राविधिक राजेन्द्र महतरालाई र नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाका सचिव श्यामलाल थारुले प्राविधिक पिमा डाँगीलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।
बारबर्दिया नगरपालिका वार्ड नं.–६ जयनगर चोकमा बिश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड निगरानी सेवा केन्द्र जयनगर र नेपाल स्वयंसेवी रक्तदाता समाज बारबर्दिया नगर समितिको संयुक्त आयोजनामा बिश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुरबाबा–८ मढेलाका केन्द्रिय अध्यक्ष चित्रप्रसाद खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा, कार्यकारी प्रमुख कृष्णप्रसाद शर्माद्वारा सञ्चालित रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाका अध्यक्ष प्रेमप्रसाद लम्सालगायतले आ–आफनो बिचार राख्नुभएको थियो ।
सो रक्तदान कार्यक्रममा बारबर्दिया नगरपालिकाका कार्यकारी प्रमुख अशोक कोइराला, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँसगढी नगर समितिका अध्यक्ष बिनोदकुमार परियारले आफनो जन्मदिनको अवसरमा १ पिन्ट रगत दान गर्नुभएको थियो । यसरी कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दिया जिल्लाका सदस्य शंकर थारु, सबिना चौधरी, शिला चौधरी, उर्मिला चौधरी, सुमितरानी चौधरी, कमला बराल, स्वयंसेवी रक्तदाता समाज बारबर्दिया जयनगरका सचिव गंगाराम पाठक, राजन खडका, कमलकुमार पासवान, बिकास थापा, नबिन जैसी, रमेश भण्डारी, कृष्ण घिमिरे, पारस चौधरी, जनकलाल चौधरी, दिनेश कुवँर, मध्यान्तर रोकाया, मित्रलाल ढकाल, मदन चौधरी, नवराज उपाध्याय, जीत बहादुर थारु, किरन घर्तीमगर, बीर बहादुर बुढा, माधव बिष्ट, दामोदर श्रेष्ठ, कृष्ण बहादुर खत्री, भरत कुमार थारु, सुनील चापागाईं, प्रबिन थारु, जुगराम थारु, दिपेशकुमार चौधरी, राजकुमार थारु, रमेश चौधरी, कालीराम थारु, कपिन्द्र केसी, धु्रवराज सापकोटा, सुरेन्द्र परियार, भोगराज चौधरी, बिश्वास सिंह, अशोककुमार थारु, राजकुमार अधिकारी, अशोककुमार चौधरी, करन्तु रत्गैया, दिपेन्द्र कडेल, बिनयकुमार चौधरी, राजु थारु, प्रकाश चौधरी, गणेशमान चौधरी, बिष्णु नारायण थारु, श्रीराम जिसी, बिशाल चौधरी, दिपक थारु, नमराज पौडेल, राजेश चौधरी, ओमकार थारु, गोपीराम थारु, कृष्ण बहादुर भण्डारी, कपेन्द्र खडका, नारायणदत्त पौडेल, सुरेन्द्रराज भट्टराई लगायत ६३ जनाले रक्तदान गरेका छन् ।
यसरी कार्यक्रम सफल बनाउन नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाका अध्यक्ष प्रेम प्रसाद लम्सालको ठूलो योगदान रहेको छ, उहाँ विभिन्न पालिकामा रक्तदान कार्यक्रम गराउनका लागि धेरै नै मेहनत गरी रहनुभएको छ । उहाँ अहिले सम्म ६२ औं पटक रक्तदान गर्नुभएको छ । नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाका उपाध्यक्ष सन्तोष बासकोटा, बारबर्दिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डिल्लीराज शर्मा, नेपाल रेडक्रस सोसाइटी उप–शाखा बारबर्दियाका सभापति श्रीराम थारु, सदस्य भिमादेवी चौधरी, सदस्य नगेन्द्र खडका, स्वयंसेवी रक्तदाता समाज बारबर्दिया जयनगरका सचिव गंगाराम पाठकको सक्रियतामा कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार पवन जायसवालको सहभागिता रहेको थियो ।
सो रक्तदान कार्यक्रममा बारबर्दिया उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस सोसाइटी उप– शाखा बारबर्दिया, लायन्स क्लब अफ मगरागाडी बर्दिया, विकास प्रेमी युवा समूह बारबर्दिया लगायत सह–आयोजकको रुपमा रहेका थिए । रक्तदान कार्यक्रममा प्रादेशिक रक्त सेवा केन्द्र नेपालगन्जका राजेन्द्र महतराको नेतृत्वमा राम भक्त लम्साल, होमराज गिरी, महेश राना क्षेत्री, पिमा डाँगी, समिक्ष रोकाया, बीरेन्द्र योगी, सञ्जय बढहीले प्राविधिकमा र अन्यमा लिला बुढा, भरत कुमार थारु, सबिना थारु, प्रमिला थारु, राधिका बुढा, संगीता बुढा, बेलमती चौधरी, मञ्जु चौधरी, सुशीला सुनारले कार्यक्रममा सहयोग गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *