Saturday, April 25सत्यम खबर
Shadow

आयुर्वेद स्वास्थ्य केन्द्रद्धारा राईलाई सम्मान

नेपालगन्ज, २९ मंसिर – बाँके आयुर्वेद स्वास्थ्य केन्द्रद्धारा नेपालगन्ज उपमहानगरपालिका उपमेयर कमरुद्धिन राईलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरिएकाे छ ।
बाँके आयुर्वेद स्वास्थ्य केन्द्र अस्पताल विकास समितिको बैठकमा सदस्यको रुपमा उपस्थिति मेयरको कार्यकाल सफलताको शुभकामना सहित बधाईको कार्यक्रम राखीएको थियाे । बाँके आयुर्वेद स्वस्थ्य केन्द्रका प्रमुख डा. अनिलकुमार चौधरी र बाँके आयुर्वेद स्वस्थ्य केन्द्र अस्पताल विकास समितका अध्यक्ष जनकराम भण्डारी, अस्पताल विकास समितिका सदस्य अछरी पोखरेलले संयुक्त रुपमा अविर र खादा ओढाएर सम्मान गर्नुका साथै कार्यकाल सफलताको शुभकाना दिनु भएको थियो ।
सम्मान कार्यक्रममा का.बा.मेयर कमरुद्धिन राइले आफु सामाजिक काम र विकासका काममा अग्रसरताका साथ काम गर्ने प्रतिवद्धता जाहेर गर्नु भयो । बाँके आयुर्वेद स्वास्थ्य केन्द्र अस्पताल विकास समितिका अध्यक्ष जनकराम भण्डारीको अध्यक्षतामा बसेको बैठकले अस्पताल विकास समितिको भवन निर्माणमा ढिलाइ हुन गएकोमा सो को जानकारी माग गरी शहरी विकस तथा भवन निर्माण कार्यालयलाई पत्राचार गर्ने समेत निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *