Sunday, April 26सत्यम खबर
Shadow

महिला, पुरुष गरी २६ जनाले रक्तदान

नेपालगन्ज, २७ मंसिर – लोेकप्रिय सन्देश राष्ट्रिय दैनिक पत्रिकाद्वारा आयोजित “रक्तदान जीवनदान, दान मध्येको महादान” भन्ने मुख्य उद्देश्यका साथ मंसीर २५ गते आईतवार महिला, पुरुष गरी २६ जनाले रक्तदान गरेका छन् ।
रक्तदान कार्यक्रममा प्रमुख अतिथि, लुम्बिनी प्रदेशका बाँके क्षेत्र नं.–२ क का सभासद् भण्डारीलाल यादव, बिशिष्टअतिथि, नेपालगन्ज उप–महानगरपालिकाका उप–मेयर कमरुद्दीन राईले संयुक्त रुपमा रगत संकलन गर्ने पाकेट प्रादेशिक रक्त सेवा केन्द्र नेपालगन्जका प्राविधिक सोम प्रकाश सापकोटालाई हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । उद्घाटन गर्दै सभासद् भण्डारीलाल यादवले भन्नु भयो यो एक मानवीय कार्यभएकोले यस कार्यमा सवैले सहायोग गर्नु पर्ने हुन्छ, अहिले म सपथ ग्रहण गरेको छैन् गरेपछि रक्तदान कार्यक्रमको आयोजना म गराउँछु प्रतिवद्धता व्यक्त गर्नु भएको छ, सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगन्जका अध्यक्ष दिपेन्द्रकुमार जोशी, समाजसेवी माधवराम वर्मा, नेपालगन्जका निर्वतमान अध्यक्ष तथा कसौंधन बैश्य समाज नेपालगन्जका अध्यक्ष नन्दलाल बैश्य, बसन्त लामिछाने लगायतले रक्तदान कार्यक्रममा आ–आफना शुभकामना मन्तव्य राखेका थिए ।
लोेकप्रिय सन्देश राष्ट्रिय दैनिकका सम्पादक गोबिन्द प्रसाद शर्माद्वारा सञ्चालित सो रक्तदान कार्यक्रममा संयोजक पत्रकार दिनेश ठाकुर, टिकाराज बराल, सिद्धार्थ भारती, डोमा शेर्पा, नरेन्द्र बहादुर टमाटा, कृष्ण ओली पत्रकार, नेपालगन्ज उप–महानगरपालिका वार्ड नं.–१९ सुर्जीगाउँका जन कल्याण युवा क्लबका उपाध्यक्ष दिपेन्द्र जायसवाल, भगतराम थारु, खुशी लोनिया, आशा परियार, धर्मप्रकाश जायसवाल, सतिश पाठक, भूपेन्द्रप्रसाद प्रधान, पवन शाही, अमृत आचार्य, सुरज सोनकर, ध्रुव सिंह लोनिया, सन्तोष वर्मा, रामगोपाल लोनिया, अनिल गोदर, प्रादेशिक रक्त सेवा केन्द्र नेपालगन्जका प्राविधिक महेश राना क्षेत्री, कुशल खडका, अम्मरबहादुर खडका, गगनबहादुर जिसी, बलबीर बिक, मजहर अली साई लगायत २६ जनाले रक्तदान गरेका छन् ।
रक्तदान कार्यक्रममा प्रादेशिक रक्त सेवा केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मी, सोम प्रकास सापकोटा, होमराज गिरी, महेश राना क्षेत्री, केशर सिंह डाँगी, समिक्षा रोकाया, सुनिता कुमाई, समिक्षा सापकोटा लगायतले प्राविधिकमा गर्नुभएको थियो ।
सो रक्तदान कार्यक्रममा लाईफलाईन जनरल हस्पिटल प्रा.लि. नेपालगन्ज, सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगन्ज, सामुदायिक प्रहरी सेवा केन्द्र जयसपुर, मधेश मानव अधिकार गृह (माहुरी) बाँके, डोनर ग्रुप नेपालगन्ज, कसौंधन बैश्य समाज नेपालगन्ज, जनता समाजवादी पार्टी नेपालगन्ज बाँके, अव्दुल करीम खान, माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था लि., समाजसेवी माधवराम वर्मा, मिङमार होटल, उज्वल स्टेशनरी लगायत १२ वटा संघ संस्थाहरुको सहकार्य रहेको थियो ।
प्रमुख अतिथि भण्डारीलाल यादव, बिशिष्ट अतिथि उप–प्रमुख कमरुद्दीन राई, लाईफलाईन जनरल हस्पिटल प्रा.लि. नेपालगन्जका डा. प्रतिक श्रेष्ठ, सहकार्य गरेका संघ संस्थाका प्रतिनिधि, समाजसेवी माधवराम वर्मा, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार पवन जायसवाल लगायतले रक्तदाताहरुलाई टिसर्ट र प्रमाण–पत्र प्रदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *