Monday, April 27सत्यम खबर
Shadow

नयाँ सरकारको कसरतका बीच बढ्यो चिनियाँहरुको दौडधुप

काठमाण्डौ, २५ मंसिर – मुलुक आवधिक निर्वाचन सकिएसँगै नयाँ सरकारको पर्खाइमा छ। नयाँ सरकार गठनका लागि दलहरुले आ-आफ्नो गृहकार्यलाई अघि बढाइरहेका छन्। निर्वाचनको मतपरिणामलाई हेर्दा सामान्यरुपमा गठबन्धन गरेर चुनावमा होमिएका दलहरु नै सरकार गठनका लागि तीव्रताका साथ लागिरहेका छन्।

नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठनका विषयमा दलहरुबीच आन्तरिक छलफल भइरहेको छ। तर, उत्तरी छिमेकी चिनले भने नेपाली कांग्रेसलाई बाहिर राखेर सरकार गठनका लागि जोड गरिरहेको छ। नेपालका लागि चिनियाँ राजदूतको कार्यकाल सकिएर उनी फर्किएपछि अहिले निमित्तका भरमा दूतावास सञ्‍चालन भइरहेको छ। यद्पि दूतावासमा रहेका कर्मचारीहरुले भने कम्युनिस्ट नेताहरुसँग भेट गर्दै नयाँ सरकार वाम नेतृत्वमा नै हुनुपर्ने बताइरहेका छन्।

चीनले सकेसम्म कांग्रेस नेतृत्वमा बन्‍न लागेको सरकारमा अवरोध सिर्जना गर्ने र नसके आन्तरिक अस्थिरता निम्त्याउने प्रयासमा लागेको छ। यसैका लागि नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई उत्तरी छिमेकी चीनले बोलाएको छ। विगत पाँच वर्षमा नेपालको राजनीतिलाई निकै अस्थिर बनाएको पनि पछिल्लो समय भएको निर्वाचनबाट स्थिरताको अपेक्षा गरिएको थियो।

तर, फेरि नेपालमा अस्थिरता निम्त्याएर नेपाललाई आफ्नो चंगुलमा पार्ने षड्यन्त्रमा चीन लागेको छ। चीनले नेपालमा आफ्नो अनुकूलको सरकार निर्माणको तयारी थालेको हो। यसका लागि नेपालमा रहेका चिनियाँ कूटनीतिज्ञहरुले नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित नेकपा एकीकृत समाजवादीका नेताहरु भेटघाट गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *