Monday, May 4सत्यम खबर
Shadow

हार निश्चित भएपछि सप्तरी २ मा उपेन्द्रले गरे लफडा, असली औकात देखाएपछि जनताले गरे प्रतिकार

काठमाण्डौ, ९ मंसिर – सप्तरी २ मा हार निश्चित भएपछि जसपा अध्यक्ष उपेन्द्र यादवले विवाद सुरु गरेका छन् । जनमत पार्टीका अध्यक्ष सीके राउत भारी मतले अग्रता लिँदै जित सुनिश्चित गरेसँगै उपेन्द्रले आफ्ना कार्यकर्ता उरालेर मतगणना स्थलमा विवाद सिर्जना गरेका हुन् । उनले आफ्ना कार्यकर्तालाई नाराबाजी गर्न लगाएर गणना बिथोल्न खोजेका छन् ।

विगतमा ०७० सालमा माओवादी केन्द्र नराम्रोसँग पराजित भएपछि माओवादीका प्रतिनिधिहरुले राति नै गणना स्थल छोडेर हिँडेका थिए । प्रचण्डलाई जिताउन सिरहामा वत्ती नै निभाउनुपरेको थियो । मिनी प्रचण्ड भनेर चिनिने उपेन्द्रले आफू हार्ने भएपछि अहिले त्यही शैली अपनाएका छन् । हार्न टार्न सकिन्छ कि भनेर मतपेटिकाको सिल नमिलेको भनेर बहानाबाजी गरेका छन् । तर यहाँका मुख्यनिर्वाचन अधिकृत जिल्ला न्यायाधीश हेमन्त रावलले उपेन्द्रको गणना भाड्ने योजना विफल पारेका छन् ।

उपेन्द्रले निहुँ खोजेपछि सप्तरी २ का जनता प्रतिकारमा उत्रिएका छन् । उनीहरुले आफूहरुको मतको सम्मान गरी गणनालाई निरन्तरता गर्न नदिएमा उपेन्द्रलाई सप्तरीबाटै लखेट्ने चेतावनी दिएका छन् । हार निश्चित भएसँगै उपेन्द्रले मतगणनामा निहुँ खोजेपछि सामाजिक सञ्जालमा समेत चर्को विरोध भइरहेको छ । नेपाल पाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *