Monday, May 4सत्यम खबर
Shadow

नेपालगन्जको एमपी स्कुल गेट अगाडी आज बृहत कोण सभा

नेपालगन्ज, ३० कात्तिक – नेपाली काँग्रेसले क्षेत्र नम्बर २ अन्तरगत नेपालगन्जस्थित एमपी स्कुलको मुलगेट अगाडी बुधबार अपरान्ह वडा स्तरीय बृहत कोण सभा गरिने भएको छ । नेपाली काँग्रेस क्षेत्र नम्बर २ कार्यसमितिको समन्वयमा काँग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ कार्यसमितिले उक्त कोण सभा गर्न लागेको हो ।

कोण सभामा उपस्थित हुन काँग्रेस क्षेत्रीय कार्यसमिति र वडा कार्यसमितिले सबै नेता, कार्यकर्ता, पाँच दलिय गठबन्धनमा आवद्ध दलका कार्यकर्ता, शुभेच्छुक, स्थानीय बासिन्दा लगायतलाई अपिल गरेको छ । क्षेत्रीय सचिव सुनिलसिंह हमालका अनुसार एमपी स्कुलको मुलगेट अगाडी अपरान्ह ५ बजे उक्त कोण सभा हुनेछ ।

कोण सभामा प्रतिनिधी सभा क्षेत्र नम्बर २ का उम्मेदवार सुदिप नरसिंह राणा, प्रदेश सभा-२ (१) का उम्मेदवार राजकुमार बर्मा र प्रदेश सभा-२ (२) का उम्मेदवार सुरेन्द्र हमाल सहित नेता, कार्यकर्ता लगायतको उपस्थिती रहने हमालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *