Monday, May 4सत्यम खबर
Shadow

डा. कर्ण मतदाता माझ…..मतदातको झुकाउ बढ्दै

नेपालगन्ज, २८ कार्तिक – बिजुलीको चिम (बल्ब) चुनाव चिन्ह पाएका बाँके क्षेत्र नम्बर २ (ख) प्रदेश सभाको लागी स्वतन्त्र उम्मेदवारी दिएका डाक्टर बिनोद कर्णलाई पछिल्लो समय घरदैलो गर्न भ्याइनभ्याई छ । एकातिर चुनावको मिति नजिकिँदै छ भने मतदाताले समेत कर्णलाई आ–आफ्नो टोल र वडामा बोलाई रहेका छन् ।
स्वतन्त्र उम्मेदवार डाक्टर कर्ण नियमित घरदैलोसंगै मतदाताले नै टोलमा जमघट गरेर बोलाउने स्थानमा पुग्दै आएका छन् ।
कर्ण भन्छन्, ‘पछिल्लो समय मतदाताको घरमा पुग्न अपुग भएको छ, धेरै स्थानबाट फोन र म्यासेज आएका छन्, आफ्नो टोलमा आउनको लागी, सबै ठाउँमा हामी पुग्ने कोसिसमा छौं ।’
पत्रकारसंग कुरा गर्दै स्वतन्त्र उम्मेदवार कर्णले थपे, ‘बाँकेमा पनो स्वतन्त्र उम्मेदवारलाई देखाउनु भएको सद्भाव र मायाले हामी उत्साहित भएका छौँ, बाँके निर्वाचन क्षेत्र नम्बर २(ख) मा यसपाली जनताको जित हुनेछ ।’
त्यस्तै विभिन्न संघ–संस्था, टोलमा गठन भएका विभिन्न समुह तथा स्वतन्त्र युवाहरुले डाक्टर कर्णको चुनावी अभियानलाई स्वतस्फूर्त रुपमा सहयोग गर्दै अभियानमा जोडिदै गएका छन् । देशब्यापी रुपमा स्वतन्त्र उम्मेदवार प्रती देखिएको लहत यसपालि बाँके क्षेत्र नम्बर २ (ख) मा पनि देखिएको मतदाता बताउँछन् ।
राजनैतिक दल प्रतिको वितृश्णा र डक्टर कर्णको स्वच्छ छवीको कारण बाँके क्षेत्र नम्बर २ (ख) मा चुनावी माहोल स्वतन्त्र उम्मेदवार प्रती हावी भएको मतदाताहरु आकलन गर्न थालिसकेका छन् ।
बाँके क्षेत्र नम्बर २ (ख) बाट स्वतन्त्र उम्मेदवार बनेका डाक्टर कर्ण मध्य तथा सुदूरपश्चिममै चर्चित प्लास्टिक सर्जन हुन भने कर्णले लामोसमय देखी ग्रीन नेपालगन्ज क्लिन नेपालगन्ज नामक अभियान संचालन गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *