
मितिः २०७९ कार्तिक २८ गते, सोमबार
विश्लेषक : सर्व देव ओझा
बाँके विशेष ( सदरमुकाम नेपालगन्ज) निर्वाचन क्षेत्र न. २ सबै भन्दा बढ़ी लोकतांत्रिक सैद्धान्तिक र समर्थक रहेको मतदाता संख्या भएकोमा नेपाली कॉंग्रेसले जिल्ला नेतृत्व देखि कार्यकर्ता सम्म गुटबन्दी र अन्तर्घातमा खेलको र २०७४ देखि रकमको लोभ लालचमा र अन्तर्घात हुने गरी आफ्नो पार्टीको कमजोर वा डबिंग उम्मीदवारी दिलाई आफ्नो मतदातालाई नै पार्टी नेतृत्व र कमजोर उम्मेदवारलाई जिताई पठाउने क्रियाकलापहरू वाट ग्रशित भई नेपाली कॉंग्रेस समर्थित क्रियाशील कार्यकर्ता, मतदाता तथा प्रजातन्त्रबादी मतदातालाई पूर्व तैयारी बिना नै हचुआ भरमा उम्मेदवार उतारी सबै लाई चिन्तित बनाई उत्तनो बनायो । उता उपेन्द्र ( ज.स.पा.) र के.पी.(एमाले ) केन्द्रीय गठबंधन समझौतामा बाँके जिल्ला समझौता भन्दा बाहिर राखी रहस्यमयी, रणनीतिक र कूटनीतिक चालको जालो बीच फँसेको नेपाली कॉंग्रेस संघीय सांसद तीन वटै सीट गुम्ने प्रबल सम्भावना देखियो ।
बाँके जिल्ला बिगतमा कॉंग्रेसको गढ़ थियो , विशेष गरी प्रत्येक निर्वाचनमा नेपालगन्ज सदरमुकाम निर्वाचन क्षेत्र न.२ नै जिल्लाको बाकी क्षेत्र न.३ र १ लाई कुन खेलमा जित्ने-जिताऊने क्षेत्र न.२ ले गर्दछ । वर्तमानमा पनि केन्द्रीय गठबंधन उपेन्द्र ( ज.स.पा.) र के.पी.(एमाले )र स्थानीय स्तरमा एमाले-रा. प्र. पा., र व्यक्तिगत गठबंधन बाँके २ को बहाल मन्त्री -के पी ओलीसंग रही रहेको देखिन्छ ।यस्तो परिस्थितिमा पार्टी सिद्धान्त भन्दा व्यक्तिगत रकममा कमीशनको लेन-देन ठूलो महत्वपूर्ण स्थान लिएको छ । विगत ओली सरकारको पाला देखि शुरू पदीय पावर सहितमा सिंहदरबार भित्र बन्ने संसद भवन, भैसेपाटीमा बन्ने सांसद आवास, र धूलीखेल मा बन्ने राष्ट्रीय सुरक्षण प्रेस भवनहरुको कमीशन ठेकेदारहरूवाट पूर्व PM र बहालवाला मन्त्री बीचको अर्बो रकमको लेन-देनले भित्री व्यक्तिगत सम्बन्ध गाँसियेको विश्लेष्णमा देखिन्छ । यस्को केही परिणाम विगतमा ज.स.पा. को १२ जना सांसद उपेन्द्र वाट पार्टी तोड्ने वासकोटा काण्ड छताछुल्ल नभएको होईन ।
बाँके कांग्रेसको निर्वाचनमा ऐतिहासिक विश्लेषणको परिवेशमा :-
नेपाली कांग्रेस केन्द्र देखि नै अन्तर्द्वन्दको लागेको रोगबाट सबै भन्दा बढ़ी नेपाली कांग्रेशको सैद्धान्तिक मतदाता भएको बाँके निर्वाचन क्षेत्र न. २ लाई भविष्यमा पार्टी आफ्नो धरातल समेत सिद्धयाऊने गरी योजना बद्ध रहेकोले मतदाता आक्रोशित । २०७४ को निर्वाचनमा ३ नम्बरमा कॉंग्रेस लाई सहयोग हुने गरी भारतको कैशरगंजमा सहमति गरे पनि आफ्नो पार्टीको कमजोर उम्मेदवार उठाएको आखिरमा त्यहाँ भित्र-भित्रै धोखा गरी कॉंग्रेसले हार भोगनु पर्यो । त्यही समझौता अनुरूप आफू २ नम्बर निर्वाचन क्षेत्रमा कॉंग्रेस ले रा. प्र.पा.संग गठबंधन गरियोको भित्र-भित्रै जिल्ला नेतृत्व देखि कार्यकर्ता सम्म रकमको लोभ लालचमा र अन्तर्घात गरी आफ्नो विपरीत ध्रुबीकरणको (ज.स.पा.)बामपंथी नेतृत्वको पार्टीको उम्मेदवारलाई जिताई पठायो र केन्द्र देखि जिल्ला सम्मको यही परम्पराले बाँकेको २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा तीन वटै क्षेत्रको सीट अरूलाई बुझायो ।
यस पटक २०७९ को निर्वाचनमा पनि खेल पुनः दोहोरीने देखियो । नेपाली कांग्रेश यस पटक पनि निर्वाचन क्षेत्र नम्बर ३ मा एमालेको सैद्धांतिक मतदाता बढ़ी भएकै निर्वाचन क्षेत्रमा केन्द्रीय नेत्रित्व आफू जित्ने दाऊमा जालो बुनी पुनः नेपाली कांग्रेसको प्रदेश सभा सदस्यलाई हराऊने गरी ज. स.पा.(पहाड़ी समुदाय) को एक कमजोर र दोस्रो मधेसी समुदायको कुर्मी (मधेसी समुदाय)लाई हराऊने गरी ज. स.पा.(मधेसी समुदाय) को उम्मेदवार उतारी भित्री खेल ओली संग मिली एमाले जिताऊने खेल खेलेका छन ।
त्यसैगरी निर्वाचन क्षेत्र नम्बर १मा पनि (बामपंथी मत बढ़ी भएको) एमालेको संघीय संसद सीट जित्ने र प्रदेशमा पनि अन्ततः एमाले र माओबादी मिली भाग खाने प्रायः निश्चित देखियो । गठबन्धन विपरितको चौतर्फी भित्री सहमतिमा उम्मेदवार उठाएको देखियो । अन्तमा नेपाली कॉंग्रेसको हाथमा संघीय सांसद सीट शुन्य देखिन्छ ।
जिल्ला को समग्र विश्लेषण गर्दा आजको दिनमा निर्वाचन क्षेत्र न. २ को विशेष समुदायको अत्यधिक मतको आशमा र ठूलो रकमको चलखेलमा गैर सैद्धान्तिक प्रजातान्त्रिक मत जोर जुलुम गरी अन्य मधेसी समुदायको समेत मत नियन्त्रण गर्ने गरी ज.स.पा. उम्मीदवारको रणनीतिक र कूटनीतिमा अन्तिम समयमा नै नेपाली कॉंग्रेसलाई प्रायः बाहिरिने गर्ने गरी आफू जित्ने पक्का अभिलाषा राखी आफू निर्वाचन क्षेत्र न. २ लाई नै जित्ने गरी केन्द्र बिन्दुमा राखी अन्य बाकी निर्वाचन क्षेत्र न. १ र ३ बामपंथी (एमाले) को भागमा संघीय सांसद सीट तथा प्रदेश सदस्यमा ६ वटा मध्ये ४-५ वटा सम्म एमाले र माओबादी मिली प्रदेश सभाको सदस्य जित्ने-जिताऊने लागी परेको देखियो । अवस्था विचार समय सन्दर्भ को विश्लेष्णमा ४ गते सम्मको केहि उतार-चढ़ाऊ र अन्तर हुन सक्ने छ ।
