Monday, June 1सत्यम खबर
Shadow

राणा र हमालको प्रतिवद्धता, “हामीलाई जिताउनुस्, काम गरेर देखाउँछौं”

नेपालगन्ज, २२ कार्तिक – बाँकेको क्षेत्र नम्बर २ को प्रतिनिधी सभा र प्रदेश सभामा नेपाली कांग्रेस सहित पाँच दलिय गठबन्धनका उम्मेदवारलाई निर्वाचित गराउने नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १५ का स्थानीय बासिन्दाले प्रतिवद्धता जनाएका छन् ।
नेपालगन्ज १५ मा सोमबार अपरान्ह आयोजित भेटघाट तथा घरदैलोका क्रममा यहाँका स्थानीयले नेपाली कांग्रेसबाट मात्र विकास र समृद्धि सम्भव भएको भन्दै कांग्रेसका उम्मेदवारलाई मतदान गर्ने बताएका हुन् । नेपाली कांग्रेसका पुर्वसभापति एवम् पुर्वप्रधानमन्त्री स्वर्गिय सुशिल कोइरालाले बाँके क्षेत्र नम्बर २ मा गरेको विकास र संबिधान जारी गरेको कुराको स्मरण गर्दै वडा नम्बर १५ का स्थानीयले आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई जिताउन अपिल गरेका थिए ।
नेपाली कांग्रेसबाट मात्र विकास र समृद्धि हुने उनीहरुको भनाई छ । ‘अरु पार्टीका नेताहरु कुरा बढी, काम कम गर्छन्, नेपाली कांग्रेसका नेताहरु कुराभन्दा बढी काम गर्छन्,’ एक जना सर्बसाधारणले भने ‘यसपटक हाम्रो भोट नेपाली कांग्रेसका उम्मेदवारलाई नै जान्छ ।’ बाहिर विकासका कुरा देखाएर भ्रष्टाचार र अनियमितता गर्ने देखी सबै साबधान हुनुपर्ने सर्बसाधारणको सुझाव छ ।
सो क्रममा बाँके क्षेत्र नम्बर २ का प्रतिनिधी सभाका उम्मेदवार सुदिप नरसिंह राणा र प्रदेश सभा २ (२)का उम्मेदवार सुरेन्द्र हमालले सामुहिक रुपमा प्रतिवद्धता जनाउँदै भने, “हामीलाई जिताउनुस्, काम गरेर देखाउँछौं ।” प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार राणाले चुनाव जितेपछि विभिन्न योजनामा काम गर्ने प्रतिवद्धता जनाए । “अहिले चुनावको समय छ, यो बेलामा हामीले गफ दिन चाहन्नौं, तपाईहरु एक पटक हामीलाई जिताएर पठाउनुस्, हामी काम गरेर देखाउँछौं,” राणाले भने ।
यस्तै प्रदेश सभा–२ (२) का उम्मेदवार हमालले चुनाव जितेपछि जनताले चाहेको अनुसारको विकास गर्ने बताए । “जनताको काममा म कहिल्यै पछाडी हट्ने छैन, अघिल्लो पाँच वर्षे कार्यकालमा मैले जति काम गर्न सके, त्यो भन्दा बढी मैले जनताको काममा समय दिनेछु,” उनले भने । हमालले पाँच वर्षे कार्यकालमा प्रदेश सभा–२ (२) क्षेत्रमा गरेका काम हालै सार्बजनिक भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *