Sunday, May 31सत्यम खबर
Shadow

लाखौँमा टिकट किनेको गम्भीर आरोप लाग्दा पनि एमाले उम्मेदवार मौन

काठमाडौ, २० कार्तिक – १६ कात्तिकमा नागरिक नेटवर्कले गरेको भिडियो अन्तर्वार्तामा काठमाडौं ७ का स्वतन्त्र उम्मेदवार रामवीर मानन्धरले त्यही क्षेत्रका एमाले उम्मेदवार श्याम घिमिरेले नेतृत्वलाई लाखौँ पैसा बुझाएर टिकट लिएको हाकाहाकी दाबी गरे । एकैछिन मानन्धर र घिमिरेबीच पैसामा टिकट किनेको आरोप–प्रत्यारोप नै चल्यो । तर, मानन्धरले प्रमाणका रूपमा पैसा बुझाएको बैंक खाता नम्बर नै बताइदिने भनेपछि घिमिरे रक्षात्मक बने, मौन बने ।

‘पैसा ९घिमिरेले० बुझाए कि बुझाएनन् त्यो सोध्नुस् । नभए म खाता नम्बर भन्दिउँ कति बुझायो भनेर रु यो कुरा भन्दियो भने के हुन्छ रु पूरै सर्वांग नबनौँ, पारदर्शी बनौँ भन्ने मात्र हो । खातामा जम्मा गर्ने मान्छेलाई सोध्नुस्,’ मानन्धरले अन्तर्वार्ताकारसँग घिमिरेतिर देखाउँदै भने, ‘होइन भने खाता नम्बर लेखेर ल्याएको छु, भन्दिनुपर्‍यो भने उहाँ ९घिमिरे०लाई अप्ठ्यारो नपरोस् ।’ 

घिमिरेले यसको प्रतिवाद गर्न सकेनन्, बरु पन्छिन खोजे । टेबुलमा रहेको गिलास उठाएर पानी खाएर भने, ‘नचाहिएको कुरामा मलाई बोल्न जरुरी छैन ।’ मानन्धर ०७४ मा एमालेकै तर्फबाट विजयी भएका थिए । यसपटक टिकट नपाएपछि उनी पार्टीविरुद्ध बागी उम्मेदवारका रूपमा खडा भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *