
नेपालगन्ज, १९ कार्तिक – बाँकेको क्षेत्र नं. २ (ख)बाट प्रदेशसभाका लागि स्वातन्त्र उम्मेदवार दिएका डा. विनोद कर्ण यतिबेला चुनावी प्रचारका लागि मतदाताको घरघरमा ब्यस्त रहेका छन् । प्रत्येक मतदातालाई भेट्नु पर्छ भन्ने उनको मान्यताका कारण उनी प्रत्येक मतदातालाई भेट्ने अभियानमा रहेका छन् ।
शनिबार पनि डाक्टर कर्ण दिनभर नेपालगन्ज उपमहानगरपाकिला वडा नं. १ क्षेत्रमा ब्यस्त रहेको छन् । डा. कर्णले वडा नं. १ मा रहेको धम्बोझी, वाटरपार्क क्षेत्रका मतदाताको घरघरमा पुगेर भेटेका छन् ।
स्वास्थ्य क्षेत्रबाट उदायएका बाँकेका परिचित डाक्टर कर्ण आफ्ना एजेण्डा प्रत्येक मतदाताले थापा पाउनु पर्ने बताउँछन् । उनी भन्छन्, ‘जनतालाई तामझाम चाहिएको छैन र तामझामका साथ चुनाव प्रचार गर्न पनि आवश्यक छैन । बस आफ्नो एजेण्डा जनतालाई बुझाउन सक्नु पर्छ ।’ डाक्टर कर्ण जनताले देखावटी भन्दा वास्तविकतालाई विश्वास गर्ने गरेको बताउँछन् ।
चुनावी प्रचारका क्रममा डाक्टर कर्णप्रति मतदाता सकारात्मक देखिने गरेका छन् । कर्ण हार जितका लागि मात्रै चुनावी प्रचारमा नहिँडेर जनतालाई विश्वास दिलाउन हिँड्नु पर्ने बताउँछन् ।
