Sunday, April 19सत्यम खबर
Shadow

डुडुवाको तटबन्ध योजनालाई पूर्णता दिईनेछु : मन्त्री अथक

कोहलपुर, १८ कार्तिक – पाँच दलिय वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई कोहलपुर नगरपालिका वडा नं. १० का मतदाताले डुडुवा तटबन्धन योजनालाई पूर्णता दिनुपर्नेमा जोड दिएका छन् ।
शुक्रवार विहान प्रतिनिधी सभा सदस्य पदका उमेद्वार महेश्वरजंग गहतराज (अथक) र प्रदेश सभा सदस्य पदका उम्मेदवार फुलाराम थारु सहित वाम लोकतान्त्रिक गठबन्धन दलहरुको घरदैलो कार्यक्रममा ‘डुडुवा समस्या समाधानका लागि तटबन्धन मुलुकको सम्बृद्विका लागि वाम–लोकतान्त्रिक गठबन्धन’ अपरिहार्य रहेको भन्दै मतदाताहरु उत्साहित देखिएका छन् । घरदैलोका क्रममा विद्युतरोड, कालिकानगर र एकतानगर क्षेत्रका मतदाताहरुले विकास र सम्बृद्विको अभियानलाई पूर्णता दिनसकेको खण्डमा राजनीतिक नेतृत्व सफल हुने बताए ।
बाम–लोकतान्त्रीक गठबन्धनका उम्मेदवारहरुले विकास र सम्बृद्विको एजेण्डा नै अहिलेको गठबन्धनको औचित्य भएकाले क्षेत्रगत विकासको सन्दर्भमा सदैव संवेदनशील रहने प्रतिबद्वता व्यक्त गरेका छन् । मतदातामा देखिएको उत्साहले गठबन्धनका उम्मेदवारहरुले नै काम गर्ने जिम्मेवारी वहन गर्नेमा कुनै शंका नरहेको माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा बाँके निर्वाचन क्षेत्र नं. १ प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार अथकको भनाई छ ।
‘मतदाताको घरदैलोमा पुग्दै गर्दा आत्मियता र सदासायता प्रकट गर्ने मतदाताहरुको मनोभाव विपरित हामी कहि कतै विचलित हुने छैनौं’ प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार अथकले भने, ‘डुडुवा खोलाले वर्षेनी पुर्याउँदै आएको कटान र डुवानको समस्या समाधानकालागि तटबन्धनको योजनालाई पूर्णता दिन प्रतिवद्द छौं ।’
यस्तै प्रदेश सभा सदस्य सदस्य पदका उम्मेदवार फुलाराम थारुले वडा नं. १० का मतदाताहरुको साथ र समर्थनले थप उर्जा मिलेको प्रतिक्रिया दिएका छन् । हिजो मुलुकमा चर्किरहेको १० वर्षे द्वन्द्व व्यवस्थापनमा तत्कालिन नेपाली
नेपाली काँग्रेस सभापति गिरिजा प्रसाद कोइराला र विद्रोही पक्ष तत्कालिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निभाएको भूमिकालाई विश्व राजनीतिमा महत्वका साथ हेरिएको बताउँदै थारूले गिरिजा र प्रचण्डले नेपाली राजनीतिमा नयाँ चरणको विकास र सम्बृद्विको मार्ग देखाए अनुरुप आज मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेको उल्लेख गरे । उनले नेपाली काँग्रेस र माओवादी केन्द्रबीचको गठबन्धन पछि राजनीतिक विकासक्रममा नयाँ आयाम थपिनेमा मतदाता विश्वस्त देखिएकाले जनताका सबै खाले समस्या समाधानका लागी गठबन्धनको आवश्यकता रहेको दाबि गरे ।
घरदैलो कार्यक्रममा माओवादी केन्द्रको स्थाई समिती सदस्य पुर्ण कुमारी सुबेदी, नेपाली काँग्रेसका नेता बलराम शर्मा, कृष्ण कार्की, टेक नारायण भुषाल, निरज चलाउने लगाएतका अगुवा नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
बाँके निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधी सभामा महेश्वर जंग गहतराज (अथक) गोलाकार भित्रको हसिया हथौडा, प्रदेश सभा १ (क) मा कृष्णा केसी (नमुना) गोलाकार भित्रको हँसिया हथौडा र १ (ख) मा फुलाराम थारु रुख चुनाव चिन्ह लिएर चुनावी मैदानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *