
नेपालगन्ज, २८ भाद्र – बाँकेमा दैनिक रुपमा कोरोना भाइरसका संक्रमित बढिरहेका छन् । संक्रमितको संख्या दैनिक रुपमा बढे पनि भिडभाड र लापरवाहीको श्रृंखला भने रोकिएको छैन् । जसका कारण संक्रमणको जोखिम थप बढेको छ ।

भीडभाड हुने कार्यालयमा कोरोना भाइरसको संक्रमण देखिरहेका बेला नेपालगन्जको त्रिभुवन चोकमा रहेको ग्लोवल आइएमी बैकमा देखिएको दृष्यले एकछिन झस्काउँथ्यो । जनताले सेवा पाउनु पर्छ तर बैंकका कर्मचारी सुरक्षितरुपमा भित्र बस्ने तर बैंकमै हुने त्यो भीडभाड व्यवस्थापन नगर्ने प्रवृत्तिले भने जोखिम थप बढाएको सहजै अनुमान लगाउन सकिन्छ ।

कार्यालयमा आउने सेवाग्राहीहरुलाई व्यवस्थित गराउने सवालमा बैंक व्यवस्थापक गैरजिम्मेवार देखिएको छ । एकजना सेवाग्राही भन्दै थिए, कर्मचारी सबै भित्र सुरक्षित बसेर सेवा दिएका छन् हामीलाई जोखिममा पारेका छन् ।
बैंकले अगाडीबाट सेवा दिन छाडेर आफुहरु सुरक्षित हुन पछाडीबाट सेवा दिइरहेको छ । घण्टौसम्म लाइन लाग्नु पर्दा सेवाग्राहीले पनि त्यस्तै दुख पाएका छन् । न मास्क न त सामाजिक दुरीको नै पालना भएको छ । जसका कारण भाइरस संक्रमणको जोखिम बढेको देखिन्छ । हिड्ने गल्लीमा समेत सेवाग्राहीको भीडभाड छ । बैंकका सुरक्षा गार्डले समेत त्यसको व्यवस्थापनमा चासो दिएको पाइएन् ।

