Thursday, May 7सत्यम खबर
Shadow

सुन तस्करीको अभियोगमा चिनियाँ नागरिकलाई ७ वर्षको जेल सजाय

काठमाण्डौ, १ कार्तिक – शाह अमानत अन्तर्राष्ट्रिय विमानस्थलमा एक करोड बीस लाख बंगलादेश टका मूल्य बराबरको सुन तस्करी गरेको आरोपमा आइतबार चटगाउँको अदालतले एक चिनियाँ नागरिकलाई सात वर्षको जेल सजाय सुनाएको छ, मिडिया रिपोर्टहरूले उल्लेख गरेका छन् ।
ढाका ट्रिब्यूनका अनुसार ३२ वर्षीय फ्यान रोन्गुईले बंगलादेशी टका ५० हजार जरिवाना तिर्न नसकेमा तिनले थप तीन महिनाको जेल सजाय भोग्नुपर्नेछ। चटगाउँको महानगरीय सत्र न्यायाधीश डा जेबुन्नेसाले उक्त आदेश दिएको राज्यका वकिल मोहम्मद फखरुद्दीन चौधरीले बताएका छन् । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *