
नेपालगन्ज, २६ भाद्र – विकासको काममा मनपरी गर्ने जनप्रतिनिधिदेखि घरबेटीसम्मलाई विधिवत सामाजिक सम्मान गर्नुपर्ने व्यङ्ग्य बटुवाहरुले गरेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ न्यूरोड पश्चिम स्टर लजसम्म निर्माणको नाममा गरिएको ढिलोसुस्तीका कारण ओमकार उपाध्यायले व्यङ्ग्य गर्दै भने– ‘यसखाले वडाअध्यक्षदेखि सम्पूर्ण सदस्यहरुलाई यस क्षेत्रका जनताहरुले समाजमा स–सम्मान बोलाई फुलमाला लगाएर कदरपत्रले सम्मान पो गर्ने हो, गाली किन गर्ने ?’ बताए ।

उपाध्याय शुक्रबार बिहान आफ्नो मोटरसाईकलले आउँदै गर्दा बाटोमा लड्ेर तल खसे जिउभरी हिलोले हिल्लम्य भए, पछि रिसको झोकमा गाली नगरेर त्यहाँ रहेका व्यापारीहरु कै अगाडी नानाथरीका कुरा गर्दा भने– ‘होइन कस्तो विकास हो, ६ महिना बढी हुँदासम्म एउटा नालीको पूर्ण निर्माण गर्न नसक्नु ? कस्तो विकास हो, पानी नपरे पनि बाटो भरी पानी नै पानीले भरिपूर्ण हुनु, यस्तो विकास प्रेमी नेताहरुलाई समाजले फुलमाला लगाई सम्मान पो गर्ने ।’ भनी ब्यङ्ग्य ठोके ।
यस अगावै पनि आम बाटो हिड्ने बटुवाहरुलाई दुःख दिने काम बाहेक वडाअध्यक्षले केही नगरेको आरोप वडाअध्यक्ष एवम् वडा नं. २ का विकास प्रेमी नेता सुनिलसिंह हमालमाथि लग्दै आईरहेको छ ।

कोभिड–१९ र बाँकेमा एकपछि अर्को लकडाउनले आक्रान्त रहेका बेरोजगार युवादेखि व्यापारीहरुले समेत स्थानीय प्रशासन विरुद्ध घेराबन्दी गर्न लागेको अवस्थामा जनप्रतिनिधिहरुमार्फत आम सर्वसाधारण जनतालाई दिएको दुःखले हामी कता गईरहेका छौं भन्ने ध्यान के सम्बन्धित पक्षलाई छ ? भनी प्रश्न गर्दछन् केशव चन्दले ।
‘जनता रोगले भन्दा भोकले मर्न लागेका छन्, विकासको नाममा गरिएको विनासले पीडित हुन पुगेका छन्, अब यसखाले विकास गर्ने जनप्रतिनिधिहरुलाई उनकै अफिस कोठामा गएर सम्मान नै गर्नुपर्ने अवस्था आएको’ भनी ब्यङ्ग्य गर्छन् चन्दले ।

केही दिन अगाडी नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ का बहुदलकुमार मौर्यले वडा कार्यालयले सडक र नाला विस्तारका नाममा नियम विपरीत काम गरेको आरोप खेपेका वडा नं. २ का वडाअध्यक्ष हमालले अब छिट्टै बाटो बन्ने महिनौदेखि बताउँदै आईरहेका छन् ।
करीब १५–२० दिन अगाडि वडाअध्यक्ष हमालले – ‘मौर्यले दिएको रिट अदालतबाट खरेज भएपछि नाला निर्माणका लागि अगाडीको भाग तोडिएको’ बताउँदै भने – ‘५ सय मिटरको योजना भएको हुँदा हाललाई पिपल चौताराबाट पूर्वसाईड मौर्य घर तिर बाटो बनाउने र त्यसपछि चौताराबाट स्टरलजसम्मको बाटो छिट्टै बनाउने योजना ल्याउने’ बताएका थिए तर के कति काम भयो सम्बन्धित विकास प्रेमी उपमहानगर प्रमुखको आँखा किन पुगेन ?

दशकौंदेखि घरवारीटोलमा छापाखाना व्यवसाय गर्दै आएका हमिद हलवाईले भने– ‘हाम्रो व्यापार चौपट भो, घरभाडामा १ महिनाको समेत छुट पाइएन् । अब बेला–बेलामा लकडाउनको मार, त्यसमाथि समयमा बाटो निर्माण नहुँदा अब हामी कहाँ जाने, हाम्रो सुनुवाई न व्यापार संघले गरेको छ, न वडाअध्यक्षले गरेको छ, न त उपमहानगर प्रमुख डा. धबल शम्शेर कै आँखा पुग्न सकेको छ ? अब के गर्ने भनी प्रश्न राखे ।
