
नेपालगन्ज, २५ भाद्र – भेरी अस्पतालमा ७२ बेडको कोरोना बिशेष अस्पताल विहिबारदेखि सञ्चालनमा आएको छ । बिहीबार प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले कोरोना बिशेष अस्पतालको उद्घाटन गरेका छन् ।
भेरी अस्पतालमा कोरोना बिशेष अस्पताल सञ्चालन गर्नका लागि सबैतिरबाट सहयोगको अपिल गरिएको थियो । सोही अपिलपछि भएको सहयोगबाट ७ बेड आइसियु सुबिधा सहित ७२ बेडको बिशेष अस्पताल सञ्चालनमा आएको छ ।

अहिलेलाई ७२ बेडको बनाइए पनि सय बेडमा रुपान्तरण गर्ने कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक एंव प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी गराउनुभयो ।
बाँकेको खजुरास्थित शुशिल प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना विशेष अस्पतालमा बेड अभाव तथा दिगो व्यवस्थापनको समस्यापछि भेरी अस्पतालमा कोरोना बिशेष अस्पताल बनाउने निर्णय गरिएको थियो ।

सोही निर्णय बमोजि प्रमुख जिल्ला अधिकारीको अग्रसरतामा आर्थिक संकलन अभियान समेत सञ्चालन गरिएको थियो । अभियान सञ्चालन भएको छोटो समय मै प्रदेश सरकार र यहाँका विभिन्न संघ संस्था लगायतको सहयोगमा कोरोना विशेष अस्पताल सञ्चालनमा आएको छ । कोरोना विशेष अस्पतालमा कोरोनाको लक्षण देखिएका बिरामीलाई मात्र राखिने बताईएको छ ।
बाँकेको खजुरास्थित शुशिल प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना बिशेष अस्पतालमा बेड अभाव तथा दिगो व्यवस्थापनको समस्यापछि भेरी अस्पतालमा कोरोना बिशेष अस्पताल बनाउने तय गरिएको थियो ।

सोही निर्णय अनुसार प्रदेश सरकार र यहाँका विभिन्न कर्मचारी, संघसस्था लगायतको सहयोगमा कोरोना बिशेष अस्पताल सञ्चालनमा ल्याइएको छ । जिल्लामा खजुरास्थित अस्पताल, कृषि तालिम केन्द्र, लायन्स डेन्टल अस्पताल, कृृषि बिकास केन्द्र पिपरीलाई आइसोलेसन सेन्टर बनाइएको छ ।

बाँकेमा बिहीबारसम्मको तथ्यांक अनुसार कोरोना संक्रमितको संख्या १ हजार ३ सय ६३ पुगेको छ । जसमा ९ सय ५१ जना उपचाररतपछि निको भई घर फर्किसकेका छन् भने ४ महिलासहित ८ जनाको मृत्यु भईसकेको छ ।

