Monday, April 13सत्यम खबर
Shadow

चहेल्लम पर्व पचपोखरा स्थित कर्बलामा ताजिया बिर्सजन गरि सम्पन्न

सकिल अहमद राई
जानकी, ७ असोज – बाँकेको जानकी गाउँपालिका वडा नं १ पचपोखरा गाउँमा हजरते इमाम हुसैन (अ.स.) तथा कर्बलाका शहीदहरूको सम्झनामा मनाइने मोहरर्म पर्वको ४० औं दिनपश्चात् मनाइने चहल्लम पर्व बिहीबार धुमधामका साथ सम्पन्न भएको छ ।

बिहीबार साँझ करीब ६ बजेतिर निस्केको हुसैनी जुलुस, दुलदुल,, ताजिया, आलम, बाजागाजा, कर्बलाको झ्याँकी, लठ्ठी कला प्रदर्शन र आगोको कला प्रदर्शन सहितको जुलुस निकालिएको पचपोखरा स्थित कर्बलामा परम्परा अनुसार ताजिया विसर्जन गरि चहेल्लम पर्व विधिपूर्वक समापन भएको मोहरर्म पर्व तथा समाजसेवी रसीद अहमद राईले बताए ।

बुधबार गएराती गाउँको केही स्थानमा ताजिया स्थापना गरिएको थियो । सोही राती हुसैनी जुलुस, बाजागाजा, आलम, ताजिया र कर्बलाको झ्याँकी सहित गाउँ परिक्रमा गरि पचपोखरा गाउँको चोकमा भेला भई हुसैनी जुलुसको मिलान गरि चहल्लम पर्व मनाइएको थियो ।

स्मरणीय रहोस इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद (स.) का नाती हजरत इमाम हुसैनसहित उहाँका परिवारका सदस्य, आफन्त लगायत अन्य मित्रहरुले शताब्दिऔं अघि ईराकस्थित कर्बलामा युद्धको दौरान शहादत प्राप्त गरेका शहीदहरुको सम्झनामा हरेक वर्ष हुसैनी जुलुससहित चहेल्लम पर्व मनाइने गरिन्छ ।

सदभावको गाउँ पचपोखरा चहल्लम पर्व शान्ति सदभावका साथ सम्पन्न भएकोमा मोहर्मरम पर्व तथा कर्वला व्यवस्थापन समितिले प्रहरी चौकी साईगाउँका इन्चार्ज सुजन कुमार खड्का र सशस्त्र प्रहरीलाई धन्यवाद दिएको छ । चहल्लम पर्व अवधिभर सुरक्षाकर्मीहरूले निकै सक्रियतापूर्वक भूमिका निर्वाह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *