Sunday, April 12सत्यम खबर
Shadow

लाल मोहम्मद : हत्याका अभियुक्त रक्सौलबाट भारत छिरेको खुलासा

सर्लाहीको गोडैता नगरपालिका–२ स्थायी घर भई परिवारसहित काठमाडौंको गोठाटारमा वसेका कपडा व्यवसायी ५५ वर्षीय लाल मोहम्मद भन्ने मोहमम्द दर्जीका हत्यार भारत छिरेको प्रहरीको अनुशन्धानबाट देखिएको छ।

सोमबार साँझ काठमाडौंको गोठाटारस्थित कृष्ण मन्दिरनजिक मोहम्मदमाथि अज्ञात समूहले चार राउण्ड गोली प्रहार गरेको थियो। उनको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सोमबार राति नै मृत्यु भएको थियो ।

हत्यामा तीन जना भारतीय नागरिकको संलग्नता देखिएको र अभियुक्तहरु नेपाल–भारत सीमा पर्साको रक्सौल नाकाबाट भारत छिरेको अनुसन्धानबाट खुलेको छ । मंगलबार दिउँसो ११ बजे वीरगञ्ज नाकाबाट भारत भागेको खुलेको घट्नाको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले जानकारी दिए।

हत्यामा संलग्न मध्ये नयाँदिल्लीका जितेन खान भने लामो समयदेखि बसन्तपुर क्षेत्रमा परिवारसहित बस्दै आएको पनि प्रहरीले पत्ता लगाएको छ। उनी यसअघि काठमाडौंको गोङ्गबुबाट जुवा खेलिरहेका बेला पक्राउ परेका थिए । प्रहरीले राजस्व छलीको मुद्दामा अनुसन्धान थालेपछि उनी नेपाल छोडेर भारत भागेको पाईएको छ।

लाल मोहम्मदको हत्या हुनु एक महिना अघि उनी पुन काठमाडौं बस्दै आएको खुलेको छ । हत्यामा उनको संलग्नता देखिएपछि प्रहरीले उनका दाइ बस्दै आएको बसन्तपुरको एक घरको कोठासमेत खानतसाली गरेको थियो । जितेनका दाइ प्रहरीको नियन्त्रणमा छन् । उनीमाथि सोधपुछ भईरहेको प्रहरीको भनाई छ।

जितेन खानले नै मोहम्मदको हत्या योजना बनाएको र भारतबाट अन्य दुई जना सुटर ल्याएर प्रयोग गरेको खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *