Sunday, November 24सत्यम खबर
Shadow

अपडेटः बाँकेमा आज ७७ जना घर फर्किदै

नेपालगन्ज, २४ भाद्र – जिल्लाका विभिन्न आईसोलेसनमा रहेका ५ महिलासहित ७७ जना निको भएर घर फर्किने भएका छन् ।
भाद्र १० गते कोरोना संक्रमित देखिएका उनीहरु आज बुधबार डिस्चार्ज भई घर फर्किने भएको स्वास्थ्य कार्यालय, बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो ।


हालसम्म बाँके जिल्लामा १ हजार २ सय ७२ जना कोरोना संक्रमित देखिएकोमा उपचारपछि ९ सय १५ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने विभिन्न आईसोलेसनमा ३ सय ५४ जना रहेको फोकलपर्सन श्रेष्ठले बताउनुभयो ।
उहाँले बाँकेमा बिरामी निको हुने प्रतिशत ७१.९३ रहेको छ भने बिरामी मृत्यु दर ०.६३ प्रतिशत रहेको बताउँदै बाँकेमा रोग प्रकोप दर ०.२१ प्रतिशत मात्र रहेको बताउनुभयो । यसअघि ४ महिलासहित ८ जनाको मृत्यु भईसकेको समेत बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *