
खजुरा, २६ भाद्र – कपास बिकास समिती सञ्चालक समिती सदस्य तथा अर्थमन्त्रालयका प्रतिनिधि राजस्व कार्यलय बाँकेका प्रमुख सरद चन्द्र पौडेललाई कपास विकास समितिले आज आईतबार एक समारोहका बिच बिदाई गरिएकाे छ ।
झन्डै दुई वर्ष राजस्व कार्यालय नेपालगन्जको प्रमुखका रुपमा कार्य सम्पादन गर्नु भएका पौडेललाई अर्थ मन्त्रालयले कपास विकास समिती सञ्चालक समिती सदस्यको समेत जिम्मेवारी प्रदान गरेको थियो ।
कपास बिकास समितिद्वारा आयोजित उक्त कार्यक्रम समितिका अध्यक्ष हेमन्तराज काफलेको अध्यक्षतामा कार्यकारी निर्देशक बुद्ध थापा घर्ती सहित कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
बोर्ड सदस्य पौडेलले आफूले सुरुमा कपासको बिजोग अवस्था देख्दा आँखाबाट आँसु झरेको स्मरण गर्दै राज्यको यति ठूलो सम्पत्तिको हामी सबैले संरक्षण गर्नु पर्ने दायित्व रहेको बताउनु भयो । कपास विकास समितिलाई दुई वर्षको बिचमा नजिकबाट नियाल्ने मौका पाएको र यो ऐतिहासिक गौरवको योजना भएकोले आफु जहाँ भएपनि यो राष्ट्रकाे सम्पतीलाई सम्बोधन हुने गरि सहयोग गर्ने बताउनु भयो । साथै बर्दियाको कुभर फारममा अतिक्रमित कपासको जमिन यथासिघ्र कपासको नाममा ल्याउनु पर्ने कुरामा जोड दिनु भयो ।
समितिका अध्यक्ष काफ्लेले पौडेलको भावी जीवन सुखद र सफल रहोस भन्ने सुभेच्छा प्रकट गर्दै पौडेलको सरल र सहयोगी स्वभाव सधैं स्मरणीय रहने बताउनु भयो । कर्मचारी सरुवा हुने यो राज्यको नियम भएकाले बोर्ड सदस्यको सरुवा हुँदा नरमाइलो महसुस भए पनि चुनौतीहरुको चाङका बिच प्रत्यक्ष कपासको समस्या बुझ्नु भएका पौडेलसँग कपासको उन्नयनका लागि सिर्जनात्मक र सकारात्मक भुमिका रहिरहने बिश्वास व्यक्त गर्नु भयो । कपास बिकास समितीको तर्फबाट मायाको चिनो हस्तान्तरण गर्दै कपाससँगको साइनो अटुट रहने अपेक्षा व्यक्त गर्नु भयो ।
समितीका कार्यकारी प्रमुख बुद्ध थापा घर्तीले कपास विकास समितिको प्रगती र भावी योजनाका बारेमा जानकारी गराउँदै सञ्चालक समिती सदस्य पौडेलको कार्यकाल कपासका लागि प्रसंसनिय रहेको बताउनु भयो । सञ्चालक समितिको बैठकमा स्पष्ट अडान र सिर्जनसिल सुझाब दिने पौडेलको कार्यसैली भावी दिनमा कपास विकास समितिका लागि अनुकरणिय रहने बताउनु भयो ।
बिदाई कार्यक्रममा समितिका अध्यक्ष काफ्ले, कार्यकारी प्रमुख थापा घर्ती, कपास विकास अधिकृत विजय कुमार जोशी सहितका कर्मचारीले पौडेलको कपास प्रतिको चिन्ता र चासोको उच्च सम्मन गर्दै वहाँको भावी जीवनको सफलताको कामना गरेका थिए ।
