Tuesday, October 22सत्यम खबर
Shadow

कोरोनाको नाममा नाकाबन्दी गरि दु:ख दिने छिमेकी

काठमाण्डौ, २३ भाद्र –विगत ३० महिनादेखि नेपालसँगको सीमामा चीनले आंशिक र पूर्ण प्रतिबन्ध लगाउँदै चीनलाई नेपाल सरकारले पत्र पठाएको छ। उद्योग मन्त्रालयले परराष्ट्रमार्फत विगत तीन सातादेखि पूर्णरुपमा ठप्प पारेको नाका खुलाउनका लागि आग्रह गर्दै चिनियाँ दूतावासलाई पत्र पठाएको हो।


सन् २०१९ को डिसेम्बर अन्तिममा चीनको वुहानमा देखिएको कोरोना प्रकोपले महामारीको रूप लिएपछि चीनले नेपालतर्फका नाकामा अघोषित नाकाबन्दीलाई निरन्तरता दिएको हो। कोरोना महामारी सामान्य बन्दै गए पनि नेपालसँगको सीमा नाका नखोलेपछि नेपाल सरकारले पटक(पटक नाका सहज गरिदिन आग्रह गर्दै आएको थियो।

चीनले नाका ठप्प पारेपछि नेपाली व्यापारीले तीज, दसैँ र जाडोयामलाई केन्द्रित गरी ल्याएका अर्बौँ रकम बराबरका सामान चिनियाँ क्षेत्रमै अड्किएका छन्। नेपालीले चीनबाट विशेष गरी लुगा कपडा, भाँडाकुँडा, इलेक्ट्रिकल सामान र हाइड्रोका सामान ल्याउने गरेका छन्। चीनबाट स्याउलगायतका फलफूल, लसुनलगायतका खाद्य कुरा पनि ल्याउने गरेको र तीन सातादेखि कुहिएकोले उक्त वस्तुहरू काम नलाग्ने बनेका छन्।

विगत तीन वर्षदेखि घाटामा रहेका व्यापारीले अहिले कोरोना सहज भएको समयमा ऋण निकालेर दसैँका लागि सामान हालेको तर, चीनले कोरोना महामारीलाई देखाएर नाका पूर्ण रूपमा ठप्प पारेपछि व्यापारीले थप चोट व्यहोर्नु परेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *