
डुडुवा, २२ भाद्र – नेकपा डुडुवा गाउँपालिका र जसपा डुडुवा बाँकेको संयुक्त अभियान डुडुवा संघर्ष समितिको आयोजनामा राप्ती नदीको घाट र पुलमा सोमबार सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ ।
डुडुवा संघर्ष समितिमार्फत सिधनियाँ घाट तथा राप्ती पुलको छेउछाउमा रहेका फोहोर मैला सरसफाई गरिएको संघर्ष समितिका सकिल खानले बताउनुभयो ।

उक्त सरसफाईन कार्यक्रम नेकपा डुडुवा, जनता समाजबादी पार्टी डुडुवा र संघर्ष समितिको संयुक्त आयोजनामा सम्पन्न गरिएको सरसफाई कार्यक्रममा सहभागि खानले जानकारी गराउनुभयो ।
समितिले नदी छेउँमा निर्माण गरिएको स्नान स्थल, चेन्जिङ्ग कोठा तथा मन्दिर वरिपरि रहेको फोहर र राप्ती पुलमा जम्मा भएको धुलो तथा फोहरकोे सफाई गरेको छ । राजनीति स्वार्थ नभई समाज हितमा पनि सक्रियता रहने गरी सरसफाई कार्यक्रम गरिएको समितिका प्रेस संयोजक सूर्यलाल यादवले बताउनुभयो ।

घाटमा रहेको स्थान घर, धारा, मन्दिरको संरक्षण तथा रेखदेख नभएका कारण जिर्ण बनेको छ । वडा नं–४ मा पर्ने घाटमा गाउँपालिकाले एक वर्ष अघि २०७६ जेष्ठ २१ गते स्नान घर लगायतको संरचना निर्माण गरिएको उल्लेख छ ।

सरसफाई कार्यक्रममा डुडुवा–३ भण्डारीलाल यादव, नेकपाका नेता सकील खान, जसपाका नेता, इलाका प्रहरी कार्यालय व्यक्ति, स्थानीय युवाको सहभागिता रहेको थियो ।

