Tuesday, April 21सत्यम खबर
Shadow

नागरिकता विधेयक फास्ट ट्रयाकबाट पुनः राष्ट्रपति समक्ष पठाउने तयारी

काठमाण्डौ, ३१ सावन – राष्ट्रपतिको कार्यालयबाट सन्देशसहित संसदमा फिर्ता भएको नागरिकता विधेयकलाई फास्ट ट्रयाकबाट राष्ट्रपतिसमक्ष पठाउने तयारी गरिएको छ ।

गहन अध्ययन, छलफल, विमर्श र विश्लेषणसहित पुनर्विचार हुन वाञ्छनीय भएको भन्दै विधेयक फिर्ता भए पनि सत्तारुढ दलले बहुमतको बलमा यसलाई जस्ताको तस्तै राष्ट्रपतिसमक्ष पठाउने तयारी गरेको हो। सभामुख अग्निप्रसाद सापकोटाले गृहमन्त्री बालकृष्ण खाण र कानुनमन्त्री गोविन्दप्रसाद कोइरालासँग छलफल गरेपछि कार्य व्यवस्था परामर्श समितिको बैठक बिनै मंगलबारको कार्यसूचीमा नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक सन्देशसहित फिर्ताबारे राष्ट्रपतिको कार्यालयको पत्र जानकारी गराउने विषय राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *