Sunday, April 19सत्यम खबर
Shadow

बर्माकाे उम्मेदवारी क्षेत्र नं. ३ बाट विधायक पदमा

सकिल अहमद राई
जानकी, ३० सावन – संघ र प्रदेशको आसन्न निर्वाचनमा जानकी गाउँपालिका एवं क्षेत्र नं ३ का भावी उम्मेदवार प्रबिन बर्माले आफु विजयपछि गर्ने केही महत्वपुर्ण कामहरु बारे जानकारी गराउँदै विजयी बनाउन अपिल गर्नु भएको छ ।

उहाँले कृषि तथा भूमि मन्त्रालयमा स्वकीय सचिवको पदमा कार्यरत रही जानकीको लागि प्रदेशबाट पूर्वाधार विकास योजनाहरू मेरै अगुवाईमा छुट्याएको बताए । उहाँले क्षेत्र नं ३ लाई सहर नमुना बनाउनका लागि आर्थिक, शैक्षिक, भौतिक पुर्वाधार, स्वास्थ्य, शिक्षा, पर्यटन र सरसफाईको क्षेत्रमा विशेष ध्यान दिएर योजनाहरु बनाउने बताउनु भएको छ ।

बर्माले आफू विजय भएकाे अवस्थामा युवाहरुका लागि क्षेत्र नं. ३ काे वडाहरूमा क्रिकेट खेल मैदान बनाउनका लागी पहल गर्ने प्रतिबद्ध रहेकाे बताउनु भयाे । बेरोजगारी अन्त गर्न रोजगारमुलक योजना अघि सार्नुका साथै यातायात व्यवस्थापन, अनाधिकृत रुपले कब्जा गरिएका सडकपेटि कब्जामुक्त बनाउने र रात्रीकालिन बजारको समेत व्यवस्थापन गर्ने प्रतिवद्धता विधायकका उम्मेदवार बर्माले व्यक्त गर्नु भएको छ ।

विभिन्न विकास निर्माणका योजना बनाउँदा जनतासँगै विज्ञहरुको पनि सल्लाह सुझाव लिएर मात्रै बनाउने उहाँको योजना रहेकाे बताउनुभयाे । उहाँले आफुले गरेका प्रतिवद्धता पुरा गर्न नसके राजनितिक जिवनबाट सधैंका लागि सन्यास लिने पनि बताउनु भएको छ ।

यिनै एजेण्डा र योजनाका साथ आफु निर्वाचनमा उत्रिएको जनाउँदै बर्माले विजयी गराउन सम्पुर्ण गाउँवासीसँग हार्दिक अपिल पनि गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *