Wednesday, April 15सत्यम खबर
Shadow

खुमाको नेतृत्वमा नेपाल शिव सेना महिला संगठन बाँके गठन, जिल्ला उपाध्यक्षमा राजेश जलान

नेपालगन्ज, ८ साउन – नेपाल शिव सेना बा“के जिल्ला अध्यक्ष मदनराज शर्माको अध्यक्षतामा शनिबार एक कार्यक्रम गरी नेपाल शिव सेना महिला संगठन गठन गरिएको छ ।


खुमाकुमारी ओलीको नेतृत्वमा ३३ सदस्यीय गठन गरिएको नेपाल शिव सेना महिला संगठनका उपाध्यक्षमा मञ्जु गुप्ता, सचिवमा मनिषा सुनार, सहसचिवमा ईन्द्रिरा सुनार, कोषाध्यक्षमा शारथी सुवेदीलाई चयन गरिएको छ ।


यसैगरी सदस्यहरुमा क्रमशः मनकुमारी शाही, रिना शाह, जानकी रोकाय, भगवती सुवेदी, सीता शाही, कमला चन्द, उमा शाह, दिपा चन्द, कमला कुँवर, रमा बोहरा, जानकी द्विवेदी, शान्ति द्विवेदी, पार्वती सुनाली, शुशीला श्रेष्ठ, यशोदा गौली, कल्पना आचार्य, बिमला लामा, ललिता खत्री, माधवी श्रेष्ठ, मैथादेवी पौडेल, जमुना सुवेदी, शोभा लम्साल, लुमादेवी शर्मा, आशा सिंह खुत्री, रिशा गिरी, शान्ति गिरी, शुसिला गौतम, र माला ओलीलाई चयन गरिएको छ ।


यसैगरी नेपाल शिव सेना बाँके जिल्ला उपाध्यक्षमा राजेश जलानलाई चयन गरिएको जिल्ला अध्यक्ष मदनराज शर्माले जानकारी गराउनु भयो ।
अध्यक्ष शर्माले सनातनीहरुको धर्म रक्षा तथा बैद्धिक ज्ञान बृद्धिका लागि नव गठित नेपाल शिव सेना महिला संगठनका सम्पूर्णलाई सफल कार्यको शुभकामना दिनु भएको छ ।


कार्यक्रममा नेपाल शिव सेनाका केन्द्रिय अध्यक्ष राजकुमार रौनियार, केन्द्रिय सचिव शेरबहादुर शाही, प्रमोदकुमार, सि.एस. साउद, प्रदीप ठाकुर, बेदप्रकाश जयसवाल, हितेश भारती, विनोद लोहार, धमेन्द्र लखेर, दिपेन्द्र जयसवाललगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *