Tuesday, April 14सत्यम खबर
Shadow

शिवपार्वती मन्दिरमा महाशिवपुराण कथावाचन

नेपालगन्ज, २ साउन – साउन महिनालाई हिन्दुहरुको आराध्य देव आदिदेव महादेव भगवान शिव शंकरको महिमाको महिना भनी चिनिएको पाईन्छ । साउन महिना शुरु हुन साथ हिन्दु धर्मावलम्बीहरुले भगवान शिवको विशेष पूजाअर्चना विभिन्न शक्ति पिटमा गई गर्ने गरेका छन् ।


यसैक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ फुल्टेक्रा स्थित रहेको शिवपार्वती मन्दिर प्रा·णमा गत विहिबारदेखि महाशिव पुराण कथावाचन आराम्भ भएको आज ५ औंदिनसम्म जारी रहेको छ ।
भगवान शिवको विशेष पुजाअर्चना गरिने साउन महिनाको अवसरमा नेपालगन्ज–६, फुल्टेक्रामा रहेको शिवपार्वती मन्दिरमा शिव पुराण कथा आयोजना गरिएको मन्दिर संरक्षण समितिका अध्यक्ष माधवराम बर्माले जानकारी गराउनु भयो ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बर्माले साउन महिनाको शुरुवातसँगै शिवपार्वती मन्दिरमा शिव पुराणको महिमा बारे दैनिक कथावाचन भइरहेको जानकारी समेत गराउनु भएको छ । उनले शिव महापुराण ज्ञान कथा यज्ञमा कथा वाचन शिवप्रसाद पाठकले गरिरहेको बताउनुभयो ।


कथा श्रवण गर्न चाहने भक्तजनहरुले दैनिक रुपमा बिहान ८ बजेदेखि ११ बजेसम्म सहभागी हुन अनुरोध गर्नु भयो । महाशिव पुराणको कथावाचन प्रथम खण्डमा १५ दिनसम्म वाचन गरिनेछ भने दोस्रो खण्ड त्यसपछिको १५ दिनसम्म वाचन गरी अन्त्यमा बिशाल भण्डाराको आयोजना गरिने आयोजक समितिका अध्यक्ष मोहनकुमार साहुले बताउनुभयो ।
साहुका अनुसार महाशिव पुराण कथा वाचनका साथै भगवान शिवको साउन महिनामा ३ पटक रुद्राभिशेष समेत गरिने बताउनुभयो ।
हिन्दु श्रद्धालुहरुले फुल्टेक्रा स्थित शिवपार्वती मन्दिरमा भक्तजनहरुको लागि स्वस्फुर्त रुपमा दैनिक ३०–४० घरबाट प्रसाद वितरणको लागि सहयोग गरिने गरेको संरक्षण समितिका अध्यक्ष बर्माले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *